कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'हल्करा' र 'गड्स बफेलो'लाई अवार्ड 

काठमाडौँ — नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘हल्करा’ र ‘गड्स बफेलो’ अवार्ड जित्न सफल भएका छन् । विक्रम सापकोटा निर्देशित ‘हल्करा’ले उत्कृष्ट कथानक प्राप्त गर्दा विष्णु कल्पितको ‘गड्स बफेलो’ले लघु फिल्मतर्फ अवार्ड जितेको हो । 

'हल्करा' र 'गड्स बफेलो'लाई अवार्ड 

अमेरिकाको म्यारिल्यान्डमा आयोजित महोत्सवमा मोहन राई निर्देशित ‘वान नाइट इन काठमाण्डु’ले नेपाली पानारोमा अन्तर्गत अवार्ड जित्यो । त्यस्तै महोत्सवमा माइकल ब्राउनको निर्देशन रहेको फिल्म ‘वृक म्युल’ले उत्कृष्ट वृत्तचित्रतर्फको अवार्ड जितेको छ ।

श्याम कार्की निर्देशित चलचित्र ‘वाइल्ट फायर’ले भने वातावरणीय विधाअन्तर्गत उत्कृष्ट मेन्सन अवार्ड जित्दा लुइस र एन्ड्रेस रोड्रिग्ज निर्देशित ‘द इनर ग्लो’ले पनि उत्कृष्ट मेन्सन प्राप्त गर्‍यो । बेलमाया नेपालीको ‘स्ट्रोंगर’ले सशक्तीकरण विधाअन्तर्गतको अवार्ड जित्यो । अभिव्यक्ति स्वतन्त्रता विधाअन्तर्गतको अवार्ड मोहसेन सालेही फर्दको ‘द स्टाचु’ले पायो ।

अन्ना क्लारा हर्माजेनेस फरेराले ‘फोबिया’बाट उत्कृष्ट प्रयोगतर्फ अवार्ड उचाल्यो । त्यस्तैक लघु फिल्मतर्फ उत्कृष्ट कथानक किनकाई याङ निर्देशित ‘डम्पिप्लङ’ले प्राप्त गर्‍यो ।

प्रकाशित : असार १४, २०७९ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?