कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'बीटीएस' को 'ब्रेक'

काठमाडौँ — विश्वको ठूलो कोरियाली संगीत समूह 'बीटीएस'ले ब्रेक लिने घोषणा गरेसँगै संगीत क्षेत्रमा के-पपकै चर्चा छ । ब्यान्डका ७ सदस्यले आफूहरु सोलो करिअरमा अगाडि बढ्ने जानकारी गराइसकेका छन् ।

'बीटीएस' को 'ब्रेक'

'हाम्रो ब्यान्ड टुक्रिएको होइन । तर, अब हामी केही समयका लागि आफ्नै तरिकाले अगाडि बढ्ने छौं,'युट्युबमा सार्वजनिक गरिएको भिडियोमा ब्यान्ड सदस्य सुगाले भनेका छन् । अर्का सदस्य जेले ब्यान्डको यो स्वस्थ योजना रहेको र आफूहरुका लागि यो निर्णय आवश्यक रहेको पनि बताएका छन् । तर, ब्यान्ड सदस्यले आफ्नो आगामी कदमबारे खासै धेरै खुलाउन चाहेका छैनन् ।

विगत २ वर्षमा 'बीटीएस' ले थुप्रै उपलब्धि बटुल्यो । संगीत क्षेत्रको प्रतिष्ठित अवार्ड ग्रामीमा पहिलो पटक मनोनयमा पर्ने के-पप संगीतको यो समूूह, कोरियन भाषाको गीतलाई विलबोर्डको शीर्ष स्थानसम्म पुर्‍याउन सफल ब्यान्ड हो । ग्लोबल स्टेजमा आफूलाई प्रस्तुत गर्ने 'बीटीएस' पहिलो के-पप समूह हो । सन् २०२१ मा उनीहरुले संयुत राष्ट्रको सभासमेत बोलेका थिए । त्यसअघि उनीहरुले ह्वाइट हाउसमा अमेरिकाका प्रधानमन्त्री जो बाइडेनसँग यसियाको सहभागिता, प्रतिनिधित्व र 'एन्टी एसिया हेट क्राइम्स'बारेसमेत बोलेका थिए ।

सन् २०१३ मा संगीतमा डेब्यू गरेको यो समूहले संगीतका निकै रेकर्ड बनाएका छन् । ब्यान्डको 'ब्रेक'लाई लिएर धेरैले 'बीटीएस' लाई सन् २०१६ मा टुक्रिएको 'वान डिरेक्सन'सँग दाँजेर हेरेका छन् । तर 'वान डिरेक्सन'को झैं 'बीटीएस'को ब्रेक गम्भीर नहुने भन्दै संचारमाध्यमहरुले समाचार उल्लेख गरेका छन् । सन् २०२० देखि नै ब्यान्डका सदस्यहरुले सोलो गीतहरु सार्वजनिक गर्न थालिसकेका थिए । ब्यान्ड सदस्य जीन, सुगा, जे-होप, आरएम, जिमिन, जंकहुक र भीबाट ब्यान्डका फ्यान ''बीटीएस' आर्मी' उनीहरुको आगामी सोलो करिअर कस्तो होला भन्ने अन्यौलमा छन् ।

प्रकाशित : असार २, २०७९ १५:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?