कबड्डी-४ को प्रदर्शनमा सिक्किम सरकारले लगायो प्रतिबन्ध- मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कबड्डी-४ को प्रदर्शनमा सिक्किम सरकारले लगायो प्रतिबन्ध

कान्तिपुर संवाददाता

काठमाडौँ — सिक्किम सरकारले कबड्डी-४ को प्रदर्शनमा रोक लगाएको छ । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले विवाद समाधान नहुन्जेलसम्मका लागि राज्यमा कबड्डी-४ को रिलिजमा रोक लगाइएको जानकारी दिएका छन् ।

मुख्यमन्त्री तामाङले आफ्नो आधिकारिक फेसबुक पेजमा कबड्डी-४ को रिलिजमा रोक लगाइएको जानकारी दिँदै लेखेका छन्, 'विभिन्न संघसंस्था र संगठन तथा सिक्किमे जनताको भावनालाई मध्यनजर गर्दै सरकारले स्वीकार्य तरिकामा विवाद समाधान नहुन्जेलसम्मका लागि कबड्डी-४ को रिलिजमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।'

नेपालमा जेठ १३ गते रिलिज भएको कबड्डी-४ सिक्किमको राजधानी ग्यांगटोक र नाम्चीमा जुन १७ मा रिलिज गर्ने तयारी थियो । तर सिक्किम लामा एसोसियसन तथा अल इन्डिया बुद्धिस्ट फोरमलगायतका संस्थाहरू भने कबड्डी-४ को प्रदर्शनमा रोक लगाउन पर्ने माग राख्दै बएका थिए । उनीहरूले पत्रकार सम्मेलन नै गरी कबड्डी-४ को प्रदर्शनमा रोक नलगाइए हलमा हुने तोडफोड र क्षतिको जिम्मेवारी आफूहरूले नलिने बताएका थिए ।

पत्रकार सम्मेलनमा सिक्किमका बौद्ध भिक्षु ओन्डी पिन्टोले भनेका थिए, 'चलचित्रमा दयाहाङ राईले निभाएको लामाको चरित्रले सम्पूर्ण लामाहरूको आस्थामा ठेस पुर्‍याएको छ । यो वास्तवमै बुद्धिज्म र भिक्षुहरूमाथिको अन्याय हो । यसबारेमा सबैले आवाज उठाउनुपर्छ । हामी नेपालमा पनि यो विवाद समाधान होस् भन्ने चाहन्छौँ ।'

प्रकाशित : जेष्ठ ३१, २०७९ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्

एनएसएलका लागि नयाँ मिति

कान्तिपुर संवाददाता

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि मंगलबार नयाँ मिति उपलब्ध गराएको छ । एन्फाले भदौ २५ देखि कात्तिक ५ सम्मको समय दिएको हो ।

एन्फा महासचिव इन्द्रमान तुलाधरलले प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् । एन्फाले प्रेस विज्ञप्तिमा प्रतियोगिता अगाडि प्राविधिक पक्षबारे आयोजकसँग स्वीकृति लिन पनि भनेको छ ।

नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा हुने प्रतियोगिता यसअघि चैत २६ मा हुनु पर्ने थियो । तर आयोजक र क्लबीचको विवादबीच प्रतियोगिता हुन सकेको थिएन ।

प्रकाशित : जेष्ठ ३१, २०७९ १४:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×