२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

ग्याङस्टारले सलमान खानको हत्या योजना बनाएको खुलासा

एजेन्सी

काठमाडौँ — बलिउडका अभिनेता सलमान खानलाई ग्याङस्टार लरेन्स विष्नोइले ज्यान मार्ने धम्की दिएको खुलासा भएको छ । प्रहरीको अनुसन्धानको क्रममा सौरभ महाकालले यसबारे खुलासा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

ग्याङस्टारले सलमान खानको हत्या योजना बनाएको खुलासा

महाकाल र लरेन्सबीच निकट सम्धन्ध रहेको पनि बताइएको छ । यससँगै लरेन्सले सलमानको हत्याको लागि सम्पत नेहरा नामका एक सुटरलाई परिचालन गरेको समेत खुलासा भएको छ ।

भारतीय सञ्चारमाध्यमले स्रोतको हवाला दिँदै २०२१ मा लरेन्सले सलमानको हत्याका लागि सम्पत नेहरालाई सुपारी दिएको समेत उल्लेख गरेका छन् । हत्याका लागि उनी मुम्बइसम्म पुगेको बताइन्छ ।

मुम्बइको वासी क्षेत्रमा रहेका सम्पत सलमानको निवास रहेको ठाउँ ग्यालेक्सी अपार्टमेन्टको निगरानी गरेको पनि बताइएको छ । साथै उनले त्यस क्रममा मौका छोपी सलमानमाथि गोली चलाउने योजना बनाएको पनि बताइएको छ । दैनिक भास्करमा प्रकाशित समाचार अनुसार त्यसबेला उनको योजना सफल भएको थिएन ।

तर सम्पतले दोस्रो पटक पनि सलमानमाथि आक्रमणको योजना बनाएको बताइएको छ । यस पटक भने सम्पतले आफ्नो गाउँका सुरक्षाकर्मी मार्फत् राइफल समेत मगाएका थिए ।

त्यसपछि भने सम्पत नेहरा पनि गिरफ्तारीमा परेका थिए । यस्तै फिल्म रेडीको सुटिङको क्रममा पनि लरेन्सले सलमान खानमाथि आक्रमणको योजना बनाएको दाबी गरिएको छ । जुन योजना पनि सफल हुन नसकेको भारतीय मिडियाले जनाएका छन् ।

सम्पत नेहरा ग्याङस्टार लरेन्स विश्नोइका निकट पात्र मानिन्छन् । उनी चण्डीगढ प्रहरीका रिटायर्ड प्रहरी अधिकृतका छोरा हुन् । सम्पत राष्ट्रिय स्तरका पूर्वखेलाडी समेत हुन्।

पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्याका संदिग्ध अभियुक्तहरूलाई दिल्ली प्रहरीले पक्राउ गरी अनुसन्धान गर्ने क्रममा यस्तो खुलासा बाहिरिएको हो । मुसेवाला अत्याका एक अभियुक्त लरेन्स विस्नोइ यतिबेला प्रहरी नियन्त्रमा छन् ।

प्रकाशित : जेष्ठ २७, २०७९ २२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?