२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

फेरि आउँदै ‘के घर के डेरा’

काठमाडौँ — ‘के घर के डेरा’ नामबाट दोस्रो फिल्म निर्माण सुरु भएको छ । यो नामबाट ३५ वर्षअघि प्रदीप रिमालको निर्देशनमा बनेको फिल्मले निकै चर्चा पाएको थियो । त्यही नामको दोस्रो फिल्म दीपेन्द्र के खनालको निर्देशन निर्माण भइरहेको हो ।

फेरि आउँदै ‘के घर के डेरा’

गत शुक्रबार स्वयम्भूस्थित हारती माता मन्दिरमा शुभमुहूर्तसँगै एउटा दृश्य छायांकन गरिएको छ । फिल्मको नियमित छायांकन स्थानीय तह निर्वाचन सकिएको तेस्रो दिन जेठ २ बाट हुने निर्माण पक्षले जनाएको छ ।

छायांकनका लागि सेड्युल ३० दिनको राखिएको छ । छायांकन सबै काठमाडौं उपत्यकामा नै गरिने बताएका निर्देशक खनालले यो फिल्ममा दर्शकले अपेक्षाअनुसारको खुराक पाउने विश्वास व्यक्त गरे । मुख्य अभिनेता विपिन कार्कीले निर्देशक खनालसँगको दोस्रो सहकार्यले उत्साहित बनाएको बताए । सिनेमाले काठमाडौंमा बस्ने सबैको जीवनसँग मिल्दोजुल्दो हुने भन्दै उनले आफ्नो डेरामा बसाइको अनुभव साटे ।

निर्धारित समयमै छायांकन र पोस्ट प्रोडक्सनको काम पूरा भए यही वर्ष प्रदर्शनको लक्ष्य राखेको फिल्ममा कार्कीसँगै दयाहाङ राई, वर्षा राउत, सुरक्षा पन्त, रवीन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपानेलगायतको अभिनय रहनेछ । ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मका कार्यकारी निर्माता युवराज कार्की छन् । सिंगे लामाको कथा रहेको फिल्मको पटकथा महेश दवाडीले लेखेका हुन् ।

प्रकाशित : वैशाख २६, २०७९ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?