१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मिस युनिभर्स नेपालको आवेदन खुला

काठमाडौँ — ‘ओरिफ्लेम मिस युनिभर्स नेपाल २०२२’का लागि आवेदन खुला गरिएको छ । मिस युनिभर्स फ्रेन्चाइज अन्तर्गत उमंग क्रिएसनद्वारा तेस्रो पटक आयोजना हुने प्रतियोगितामा समावेशिता र अवसरको सिर्जना गरिने मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठले बताइन् ।

मिस युनिभर्स नेपालको आवेदन खुला

यसअघि झैं यस वर्ष पनि प्रतियोगितामा उचाइ र तौलको मापदण्ड हुने छैन । समलैंगिक महिलाहरूले समेत सहभागिता जनाउन पाउने यस प्रतियोगितामा देश बाहिर रहेका अन्य नेपाली युवतीहरूले पनि आवेदन दिन सक्ने बताइएको छ ।

मिस युनिभर्स नेपालको ताज पहिरेर आफ्नो देशलाई ७१ औं मिस युनिभर्सको मञ्चमा प्रतिनिधित्व गर्न चाहने सबै साहसी, सशक्त र सुन्दर युवतीहरूले मिस युनिभर्स नेपालको आधिकारिक एपमार्फत दर्ता गरी प्रतियोगितामा भाग लिन सक्ने नग्मा बताउँछिन् ।

प्रतियोगिताका लागि ५ मे देखि दुई महिनासम्म आवेदन खुला रहनेछ । यो दुई महिनामा उमंग क्रिएसनले नेपालभर विभिन्न कार्यक्रम तथा कार्यशाला गर्ने घोषणा गरेको छ।

अघिल्लो वर्षकी मिस युनिभर्स नेपाल सुजिता बस्नेत र आयोजक समूहले काठमाडौंका कलेजसँगै विराटनगर, वीरगन्ज, भरतपुर, बुटवल, नेपालगन्ज, पोखरा, सुर्खेतलगायत सबै प्रदेशका सहरहरूको पनि भ्रमण गर्ने बताइएको छ ।

अगस्ट १९ मा सुन्दरीहरुबीच अन्तिम प्रतिस्पर्धा हुनेछ । विजेताले मिस युनिभर्सको ७१ औं संस्करणको मञ्चमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन्। साथै १० लाख नगदसँगै अन्य उपहार पनि प्राप्त गर्नेछन् ।

प्रकाशित : वैशाख २५, २०७९ १४:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?