२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

धनगढी मिस नेपाल अडिसनमा १२ सहभागी

धनगढी — द हिडन ट्रेजरले मिस नेपाल २०२२ का लागि शनिबार धनगढीमा अडिसन गरेको छ । देशका सबै भूभागबाट प्रतिभाहरुलाई सहभागिताका लागि छनोट गर्न सातै प्रदेशका विभिन्न सहरमा तय गरिएको कार्यक्रमअन्तर्गत सुदूरपश्चिमका लागि धनगढीमा अडिसन गरिएको हो ।

धनगढी मिस नेपाल अडिसनमा १२ सहभागी

१२ जनाले अडिसनमा सहभागी भएको मिस नेपालको आयोजक द हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले बताए । धनगढी अडिसनमा मिस नेपाल नर्मता श्रेष्ठ, मिस नेपाल इन्टरनेसनल वर्षा लेखी, स्थानीय व्यवसायी पुष्कर ओझा र अध्यक्ष राजकर्णिकार निर्णायकको भूमिकामा थिए ।

निर्णायकहरुका अनसार अडिसनमा अधिकांश सहभागीको शारीरिक उचाइ ५ फिट ३ इन्च हुनुपर्नेमा अपुग देखिएको थियो । उनीहरुलाई व्यक्तिगत विवरण, अध्ययन, अनुभव र मिस नेपालको अडिसनमा भाग लिनुका कारण तथा सौन्दर्यप्रतिको लगाव र अन्य समसामयिक प्रश्नहरु सोधिएका थिए । ‘गत वर्ष केही प्रमुख सहरहरुमा मात्र अडिसन गरिएकामा यो वर्ष सातै प्रदेशका सहरहरुमा आयोजना गरिएको हो,’ वर्षा लेखीले भनिन्, ‘अब धरान र काठमाडौंमा मात्र बाँकी छ । धरानमा आगामी सोमबार र काठमाडौंमा अन्तिम अडिसन जेठ ३ गते हुनेछ ।’ उनका अनुसार काठमाडौंको अडिसनपछि मात्रै देशभरबाट छनोट भएका सहभागीहरुको नाम सार्वजनिक गरिनेछ ।

प्रकाशित : वैशाख २४, २०७९ २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?