हलिउड फिल्म खेल्दै आलिया

क्रान्ति पाण्डे

काठमाडौँ — बलिउड अभिनेत्री आलिया भट्टले हलिउड फिल्म खेल्ने भएकी छन् । नेटफ्लिक्सको आगामी स्पाई थ्रिलरमा आलिया गल गडोट र जेमी डोर्रनानसँगै देखिनेछिन् ।

हलिउड फिल्म खेल्दै आलिया

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाए अनुसार टम हार्परको निर्देशनमा बन्न लागेको फिल्म 'हार्ट अफ स्टोन'बाट आलियाले हलिउड डेब्यु गर्नेछिन् । हार्पर वेब सिरिज 'पिकी ब्लाइन्डर्स', 'वार एन्ड पिस' र फिल्म 'वाइल्ड रोज'का लागि चर्चित छन् ।

'टु स्टेट्स', 'हम्प्टी शर्माकी दुल्हनियाँ', 'हाइवे', 'गल्ली ब्वाई', 'उड्ता पञ्जाब' लगायतका फिल्म खेलेर चर्चित आलियाको हालैमात्र 'गंगुबाई कठियावाडी' हालै प्रदर्शन भइरहेको छ ।

आलियाले सन् २०१२ मा करण जोहरको 'स्टुडेन्ट अफ दि इयर'मार्फत बलिउडमा डेब्यु गरेकी थिइन् ।


प्रकाशित : फाल्गुन २४, २०७८ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?