१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

महिलालाई पर्दामा कमजोर देखाइएको मनपर्दैन : प्रियंका चोपडा

एजेन्सी

नयाँदिल्ली — बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नो करिअरमा थुप्रै महिला चरित्रको भूमिकामा अभिनय गरेकी छन्। 'म्यारी कोम'मा बक्सरको भूमिकादेखि 'क्वान्टिको'को एलेक्ससम्म ।

महिलालाई पर्दामा कमजोर देखाइएको मनपर्दैन : प्रियंका चोपडा

उनले पछिल्लो समय पर्दामा बलियो महिला चरित्रहरुमा अभिनय गर्दै आएकी छन् । हालै एक अन्तर्वार्ताको क्रममा अभिनेत्री चोपडाले महिलालाई कमजोर देखाइएको भूमिका आफूलाई मन नपर्ने धारणा राखेकी छन् ।

'महिलालाई कमजोर देखाउनु, निर्णय लिन नसक्ने र पुरुष पात्रको तुलनामा भावनात्मक देखाएको चरित्र मलाई मनपर्दैन,'म्याट्रिक्स रिजरेक्सन्सकी अभिनेत्री चोपडाले हालै इन्टरटेनमेन्ट विक्लीलाई भनेकी थिइन् । महिला भएकै कारण महिलालाई स्क्रिप्टमै कमजोर देखाइएको प्रवृतिमाथि धेरै पटक फिल्मकर्मीसँग लड्दै आएको पनि उनले बताइन् ।

हालै सरोगेसीबाट आमा बनेकी चोपडाले थपिन्,'मलाई कमजोरीसहितको चरित्रमा अभिनय गर्न मन लाग्छ । मलाई लाग्छ आफ्नो कमजोरी स्वीकार्नुमा पनि एक किसिमको तागत हुन्छ ।'

प्रकाशित : माघ ९, २०७८ १५:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?