२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

९२ वर्षमा विश्वचर्चित बनेका गायक: जसको गीत ८ करोडले हेरे, दर्जनौं भर्सन बनाइए

एजेन्सी

काठमाडौँ — मलावीका गायक तथा संगीतकार गिडेस चलामान्डालाई टिकटक के हो थाहा छैन । उनलाई आफ्नै स्मार्टफोनबारे पनि धेरै जानकारी छैन । तर उनै ९२ वर्षीय गायक केही समययता टिकटकमा भाइरल बनेका छन् ।

९२ वर्षमा विश्वचर्चित बनेका गायक: जसको गीत ८ करोडले हेरे, दर्जनौं भर्सन बनाइए

टिकटकसँगै सामाजिक सञ्जालमा उनी स्टारको रुपमा अत्याधिक चर्चामा छन् । यतिसम्म कि पछिल्लो केही महिनाको अन्तरालमा गायक गिडेसको गीत 'लिन्नी हू' टिकटकमा ८ करोडभन्दा धेरैले अवलोकन गरिसकेका छन् ।

छोटो समयमै दक्षिण अफ्रिकादेखि फिलिपिन्ससम्म उनको उक्त गीतका रिमिक्ससमेत बनाइएको छ । 'उनीहरू आए र मलाई मोबाइलमा भिडियो देखाए । तर मलाई थाहा छैन यसले कसरी काम गर्छ,' चालामान्डाले एएफपीसँग भनेका छन् ।

चलामान्डा आफ्नो प्रतिभाले उचित न्याय पाएको ठान्छन् । उनले भने, 'तर मलाई मन पर्‍यो कि मानिसहरू मेरो प्रतिभा हेरेर रमाइरहेका छन् ।' ७० वर्षदेखि संगीतमा सक्रिय चलामान्डको कपाल सेतै फूलेको छ । शरीर कुप्रो परेको छ । यद्यपि यी पुराना गायकका करोडौं युवा प्रशंसक बनिसकेका छन् ।

उनले २००० मा पहिलो पटक आफ्नी छोरीका लागि गीत 'लिन्नी' रेकर्ड गराएका थिए । त्यसबेला यस गीतले खासै चर्चा पाएन । त्यसको २० वर्षपछि २०२२ मा सोही गीतले एकाएक विश्वव्यापी प्रशंसा पाएको छ ।

तर यसका लागि युवा कलाकारहरूले चलामान्डासँग मिलेर 'लिन्नी'लाई 'लिन्नी हू' को नाममा रेगी रिमिक्स तयार पारेका हुन् । भिडियोमा चलामान्डा हाँसिरहेका देखिन्छन् । सेतो सर्ट र भी आकारको स्वेटरमा सजिएका उनी घर अगाडिको रुखमुनि बसिरहेका देखिन्छन् ।

यसरी नयाँ रुपमा तयार भएको उक्त गीत युट्युबमा राखिएको थियो । त्यसपछि रातारात गीत भाइरल बनेको हो । गत वर्षको अन्त्यतिर उक्त गीत टिकटकमा राखेपछि विस्तारै विश्वव्यापरु रुपमा फैलिएको हो ।

आफ्नो गीत लोकप्रिय बन्दैगएपछि चलामान्डाले आफ्ना सन्तान र साथीहरूबाट सामाजिक सञ्जालको लोकप्रियताबारे थप जानकारी लिए । यसपछि उक्त गीतका दर्जनौं भर्सन सार्वजनिक भइसकेका छन् ।

दक्षिणी मलावीको एउटा सानो सहर चिराडजुलुमा जन्मेका चालमान्डाले 'बफेलो सोल्जर' जस्ता गीत पनि गाएर पनि प्रसिद्धि हासिल गरेका छन् । जसबाटै उनी पछिल्लो समय अमेरिका भ्रमण गर्ने सपना देख्दैछन् । यसबीचमा उनले थुप्रै युवा संगीतकारहरूसँग मिलेर काम गरिसकेका छन् ।

हाल टिकटक डान्स गर्नेहरूले उनको 'लिन्नी हू' का अनेक भर्सन तयार पारेर भिडियो अपलोड गर्ने क्रम व्यापक छ । उनको देशमा र बाहिर पनि उक्त गीत अधिकांश क्लब र मेला महोत्सवमा घन्किरहेको हुन्छ ।

चलामान्डाले आफ्नो जीवनमा दुई विवाह गरे । १४ सन्तानमध्ये लिन्नी (जसको नाममा लिन्नी गीत गाए )सहित ७ सन्तान जीवीत छन् । चलामान्डाकी छोरी लिन्नीका १६ वर्षीय छोरा स्टेपसन अस्टिन आफ्नो हजुरबाप्रति गर्व गरेको प्रतिक्रिया दिन्छन् । 'मैले संसारभर मानिसहरूलाई नाच्न सिकाएँ । यसर्थमा म उत्साही छु । तर यसबाट मलाई पनि केही फाइदा हुनुपर्छ । मलाई पैसा आवश्यक छ,' चलामान्डाले भने ।

प्रकाशित : माघ ७, २०७८ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?