१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

जातीय विभेदविरुद्ध बनेका २० फिल्मबीच प्रतिस्पर्धा  

काठमाडौँ — नेपाल चलचित्र निर्देशक समाजले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र यूएनडीपीसँग मिलेर घोषणा गरेको जातीय विभेदविरुद्धको लघु फिल्म प्रतियोगिताबाट २० फिल्म छनोट गरिएको छ ।

जातीय विभेदविरुद्ध बनेका २० फिल्मबीच प्रतिस्पर्धा  

६ सदस्यीय निर्णायक समूहले जातीय विभेद र उन्मुलनको विषयमाथि बनाएको २० वटा लघुचलचित्रलाई छनोट गरेको निर्देशक समाजका महासचिव जनकदीप पराजुलीले बताए ।

निर्णायकमा कानुन‚ न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सह-सचिव फणिन्द्र गौतम, कलाकार नीर शाह, चलचित्र निर्देशक समाजका महासचिव पराजुली, कलाकार लक्ष्मी बर्देवा, ए टू जेड प्रोजेक्ट म्यानेजर वसन्त अधिकारी र यूएनडीपीका प्रमुख सूचना अधिकृत कमलराज सिग्देल थिए । उनीहरूले प्राप्त ५६ फिल्मबाट २० फिल्म छनोट गरेका हुन् ।

छनोट भएका फिल्ममा वाशिष्ठ प्रधानको 'दि बास्केट', सुरेन्द्र प्रजापतिको 'शून्य', सुदन सिंह ठकुरीको 'सेम', सराना श्रेष्ठको', बालकृष्ण वंशीको 'पुमावाङगु म्हगास', हाफटाइम क्रिएसनको 'पीडा', रनधीर श्रेष्ठको 'परी', राजेश श्रेष्ठको 'नयाँ जुत्ता', अतीन श्रेष्ठको 'म स्वयं नेपाली'‚ साफुको 'म म नै हुँ', आशिष शर्मा पंगेनीको 'क ख ग घ', छिन्न मस्ता फिल्म्स‌्‌को 'आइ एम नट ह्युमन', नगेन्द्र राईको 'हि इज माई गड', मेरियन राजभण्डारीको 'गंगा', सन्तोष सरकारको 'फू', काव्यालय प्रडक्सनको 'चेत', विनोद पुडासैनीको 'भगवान सबैको', प्रतीक सिंह एन्ड टिमको 'ब्याटल अगेन्स्ट डिस्क्रिमिनेसन', शर्मा क्रिएसनको 'अछोप', प्रकाश सुब्बाको 'फ्लावर' छन् ।

यी फिल्मलाई दर्शकका लागि दुई हप्ता दर्शकको विभिन्न सामाजिक सञ्जालमा राखिने बताइएको छ । फिल्मले पाउने दर्शक तथा प्रतिक्रिया र निर्णायकको निर्णयका आधारमा विजेता घोषणा गरिनेछ । दर्शकले दिने प्रतिक्रियाको अंकभार ५० प्रतिशत रहनेछ भने ५० प्रतिशत निर्णायकले प्रदान गर्नेछन् । पहिलो हुने फिल्मले २ लाख, दोस्रो हुनेले १ लाख ५० हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ पाउनेछन् ।

प्रकाशित : माघ ४, २०७८ १५:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?