कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

शिल्पीलाई नाटकघर बनाउन सुन्दरहरैंचा नगरपालिकाले दियो जग्गा 

काठमाडौँ — मोरङको सुन्दरहरैंचा नगरपालिकाले शिल्पी थिएटरलाई नाटकघर निर्माणका लागि पाँच कठ्ठा जग्गा प्रदान गरेको छ । नगरप्रमुख शिवप्रसाद ढकाल, प्रशासकीय अधिकृत विनोद भट्टराईले थिएटरका संस्थापक एवं रंगकर्मी घिमिरे युवराजलाई भेटी थिएटरका लागि जग्गा हस्तान्तरण गरेका हुन् । 

शिल्पीलाई नाटकघर बनाउन सुन्दरहरैंचा नगरपालिकाले दियो जग्गा 

'यो शिल्पीका लागि एकदम ठूलो खुसीको विषय हो,’ घिमिरेले मोरङबाट आफ्नो खुसी साटे, ‘लामो समयदेखि आफ्नो ठाउँ खोजिरहेका थियौं । काठमाडौंमा चुनौती छ । तर‚ त्यो काठमाडौंको नाटकघर भत्कियो भने कहीँ न कहीँ त हुनुपर्‍यो । यो एउटा ठाउँ भयो । रंगकर्ममा लागेका साथीहरूलाई पनि भरोसा भयो ।'

त्यस ठाउँमा २ सय ५० को दर्शक क्षमता भएको नाटकघर र ५ सय क्षमताको 'ओपन इयर' थिएटर बनाइने उनले बताए ।

'राजनीतिक रुपमा संघीयतामा जाने ठूला-ठूला कुरा हुन्छन् । स्थानीय सरकारले भाषा, संस्कृति र पहिचानका लागि यो निर्णय लियो । क्षेत्रीय स्तरमा जे अभ्यास भइरहेको छ, यो एउटा प्रयोगजस्तो हो । '

प्रकाशित : पुस २९, २०७८ १८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?