२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

पामेमा 'फायर इन्द दि माउन्टेन'ले जित्यो क्रिटिक्स र फिचर फिल्मको अवार्ड

पोखरा — पाँचौं पामे अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा भारतीय फिल्मकर्मी अजितपाल सिंहको 'फायर इन्द दि माउन्टेन'ले उत्कृष्ट फिचर फिल्मको अवार्ड उचालेको छ । हिमाली क्षेत्रमा महिलाले गर्ने संघर्षमाथि बनेको यही फिल्मले क्रिटिक्स तर्फको अवार्ड पनि जित्यो ।

पामेमा 'फायर इन्द दि माउन्टेन'ले जित्यो क्रिटिक्स र फिचर फिल्मको अवार्ड

अजितले फिचरमार्फत १ लाख र क्रिटिक्सबाट ६० हजार उपहार रकम जित्न सफल भएका छन् । अजितले यसअघि फिल्मलाई भर्चुअल्ली देखाए पनि भौतिक रुपमा देखाउन पाएका थिएनन् । उनले फिल्मलाई भौतिक रुपमा प्रदर्शन गर्दै दर्शकसँग अन्तरक्रिया गर्न पाउँदा निकै खुसी लागेको प्रतिक्रिया दिए ।

'अहिलेसम्म फिल्मलाई भर्चुअल्ली देखाएँ । पोखरामा पहिलोपटक फिजिकल्ली फिल्मलाई देखाउन पाएँ । हिजो फिल्मपछि भएको अन्तरक्रियामा एकजनाले गहिरो प्रश्न गर्नुभयो । त्यसले मलाई एकदम खुसी तुल्यायो,' अजितले भने ।

त्यस्तै लि मिन्याङको फिल्म 'सरिरा'ले उत्कृष्ट सर्ट फिल्मको अवार्ड उचाल्दै नगद ८० हजार प्राप्त गर्‍यो । बेलमाया नेपालीले बनाएको फिल्मले उत्कृष्ट डकुमेन्ट्री फिल्मसँगै 'आयम बेलमाया' जित्दै ५० हजार प्राप्त गर्‍यो । यही विधामम 'सफ्टी'ले ५० हजार नगदसहितको अवार्ड जत्यो । फिल्मलाई साम सोकोले निर्देशन गरेका थिए ।

स्टुडेन्ट सर्ट फिल्म सौरभ घिमिरेले बार्किङ डगमार्फत ६० हजारसहितको नगद पुरस्कार प्राप्त गरे । त्यस्तै सर्ट फिल्मतर्फ चलचित्र निर्माणका लागि तीन फिल्मले अनुदान(फिल्म डेभलपमेन्ट ग्रान्ट) रकम प्राप्त गर्‍यो । पासाङ दावा शेर्पाको 'कुकु', दीपेन्द्र महर्जनको 'इराोजन' र दृष्टि बागदसको 'तिमी र म'ले अनुदान रकम २५ हजार प्राप्त गर्‍यो । फेस्टिभलको अन्तिम दिन अजितको फिल्म प्रदर्शन पनि गरियो ।

प्रकाशित : पुस १६, २०७८ २१:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?