सांगीतिक यात्रा 'सप्तरङ्ग–३' को घोषणा 

काठमाडौँ — सातै प्रदेशमा कलाकारको सहकार्यमा सचेतना फैलाउने उद्देश्यले ‘सप्तरङ्ग–३’ हुने भएको छ । कला सँस्कृतिलाई उजागर गर्दै मंसिर २४ देखी काँकडभिट्टाबाट सुरु हुने ‘सप्तरङ्ग–३’ पुस ९ मा पोखरामा पुगेर अन्त्य हुनेछ ।

सांगीतिक यात्रा 'सप्तरङ्ग–३' को घोषणा 

'सप्तरङ्ग' अन्तर्गत कलाकारहरु सातै प्रदेशमा पुगेर दर्शकमाझ प्रत्यक्ष कार्यक्रम गर्नेछन् । काँकडभिट्टा लगत्तै मंसिर २६ मा जनकपुर , २८ मा चितवन, पुस १ मा नेपालगञ्ज, ३ मा सुर्खेत, ५ मा धनगढी र पुस ९ मा पोखरा पुगेर समापन हुनेछ। 'सप्तरङ्ग–३' मा अभिनेता राजेश हमाल , गायक बद्री पङ्गेनी , प्रमोद खरेल , रामकृष्ण ढकाल, अनिल सिंह , हास्य कलाकार सन्दीप क्षेत्री , राजा राजेन्द्र पोखरेल गायिका मिलन नेवार, अस्मिता अधिकारीलगायतका कलाकार सहभागी हुनेछन् ।

आयोजक गृष्मा ब्रोर्डकास्टिङले 'सप्तरङ्ग' आयोजना गरेको हो । यो तेस्रो संस्करणले सातै प्रदेशमा सांगीतिक यात्राको माध्यमबाट स्वास्थ्य र समृद्धिलाई प्रवर्द्धन गर्ने बताइएको छ ।

प्रकाशित : मंसिर २०, २०७८ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?