'रबर सिटी' बनाउँदै विनोद पौडेल 

काठमाडौँ — 'बुलबुल'बाट चर्चा कमाएका निर्देशक विनोद पौडेलले 'रबर सिटी’ बनाउने भएका छन् । बुधबार फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्माता अविरल थापाले आगामी मार्चमा फिल्मको सबै छायांकन अमेरिकामा गरिने जनाए । 

'रबर सिटी' बनाउँदै विनोद पौडेल 

करिब ६ करोड लगानीमा बन्ने यस फिल्ममा कलाकार सुशांक मैनाली र राधा लम्साललगायतको अभिनय रहनेछ । अमेरिकाको ओहायो राज्य अन्तर्गतको एक्रोन सहरलाई पहिले रबर सिटी भनिन्थ्यो । यो फिल्मले 'रबर सिटी’मा भुटानी शरणार्थीको पुनर्वासपछिको कथा समेट्नेछ ।

फिल्ममा निर्देशक पौडेलकै पटकथा रहनेछ । फिल्ममा अंकित पौडेलको छायांकन रहनेछ । अंकितको लघु फिल्म'सङ अफ क्लाउड्स' 'सन्डान्स फिल्म फेस्टिभल'मा छनोटमा परेको थियो ।'रबर सिटी’ले विश्वबजारमा नेपाली फिल्मलाई स्थापित गराउनेमा आसावादी छन् निर्माण टिम ।

प्रकाशित : मंसिर १६, २०७८ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?