र्‍यापर राजा कुमारी नेपाल आउँदै 

काठमाडौँ — भारतीय-अमेरिकी र्‍यापर राजा कुमारी नेपाल आउने भएकी छन् । डिसेम्बर ४ मा क्लब फरेनहाइटमा कन्सर्ट गर्न उनी नेपाल आउने भएकी हुन् ।

र्‍यापर राजा कुमारी नेपाल आउँदै 

कन्सर्टका लागि टिकटको व्यवस्था गरिएको छ । नेपाल कोरोना कहरबाट मुक्त हुँदै गरेको सन्देश पुर्‍याउन उनलाई नेपाल बोलाइएको क्लब फरेनहाइटका संचालक सोनम शेर्पाले जनाए ।

गीतका शब्द र मोडर्न पोयट्रीकी रानी भनेर परिचित स्वेथा राओ उर्फ राजा कुमारीका नेपाली फ्यान यतिखेर उत्साहित छन् । पुरुष आवाजको दबदबा रहेको भारतीय संगीत क्षेत्रमा राजा कुमारी त्यस्तो नाम हो जसले र्‍याप विधामा एक्लैले राज गरिरहेकी छन् ।

गायन, लेखनमा निडर राजा कुमारी पूर्व र पश्चिमा संगीत जोड्ने सेतु हुन् । पग्लैट, स्केटर गर्ललगायतको फिल्ममा आवाज दिइसकेकी उनले डिभाइनसँग 'सिटी स्लम'मा आवाज दिएकी थिइन् ।

प्रकाशित : मंसिर ९, २०७८ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?