कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

हलमा 'सत्यमेव जयते' र 'अन्तिम'

काठमाडौँ — बिहीबारदेखि अभिनेता जोन अब्राहम अभिनित 'सत्यमेव जयते' प्रदर्शनमा आएको छ ।

हलमा 'सत्यमेव जयते' र 'अन्तिम'

फिल्मले क्यूएफएक्स चेन अन्तर्गतका हलमा २९ सो पाउन सफल भएको छ ।

अक्षय कुमार अभिनित 'सूर्यवंशी'ले नेपालबाट पाँच करोडको व्यापार गरेसँगै हिन्दी फिल्मका वितरकले धमाधम बलिउड फिल्मलाई नेपाल प्रदर्शनमा ल्याउन थालेका छन् ।

शुक्रबार सलमान खान अभिनित 'अन्तिम' प्रदर्शनमा आउँदैछ । 'सूर्यवंशी'को वितरण सम्हालेको गोपीकृष्ण मुभिजको सिस्टर कम्पनी(एएट फिल्म्स)ले नै यी दुई हिन्दी फिल्मलाई नेपालमा ल्याएको हो । एएटले 'सत्यमेव जयते'लाई ६४ लाख र 'अन्तिम'लाई १ करोड ३५ लाखमा किनेका हुन् । 'सत्यमेव जयते' देशभरका ८० हलमा प्रदर्शनमा आएको छ । त्यस्तै सलमानको फिल्म भने १ सय ५० हलमा प्रदर्शनमा आउँदैछ ।

हल खुलेसँगै हिन्दी फिल्मको प्रदर्शन थालिएपनि नेपाली फिल्मले प्रदर्शन थालेका छैनन् । 'चपली हाइट–३' प्रदर्शनमा आएसँगै नेपाली फिल्म प्रदर्शनमा आउने वितरक गोपालकाजी कायस्थ बताउँछन् ।

यसअघि 'सूर्यवंशी'ले हलमा दर्शक फर्काएपछि नेपाली निर्माताहरुले फिल्मको प्रदर्शन तोक्न थालेका थिए । सुदर्शन थापाले 'म यस्तो गीत गाउँछु २' र 'सम्हालिन्छ कहिले मन'को प्रदर्शन मिति तोकिसकेका छन् । निर्माता सन्तोष सेनले पनि 'प्रेमगीत ३'लाई फागुन १३ मा प्रदर्शन गर्ने पक्का गरेका छन् ।

प्रकाशित : मंसिर ९, २०७८ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?