नवीन सुब्बाको कमब्याक, 'गाउँ आएको बाटो'- मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नवीन सुब्बाको कमब्याक, 'गाउँ आएको बाटो'

कान्तिपुर संवाददाता

काठमाडौँ — फिल्म 'नुमाफुङ'का निर्देशक नवीन सुब्बाले नयाँ फिल्म बनाउने घोषणा गरेका छन् । सामुदायिक लगानीमा उनले 'गाउँ आएको बाटो' निर्देशन गर्ने भएका हुन् । एक दशकपछि निर्देशनमा फर्किएका नवीनले गाउँमा बाटो आएपछि जनजीवनमा आएको परिवर्तनको कथामा यो फिल्म निर्देशन गर्दैछन् ।

टेलिश्रंखला 'दलन' र फिल्म 'गुडबाइ काठमाण्डु'पछि उनको यो निर्देशकीय कमब्याक हुनेछ । महेश राई र नवीनको पटकथामा तयार हुने फिल्ममा अभिनेता दयाहाङ राई, पशुपति राई, पर्सन राई, खनुमा राई, केशव राई, प्रमिसा राई, प्रेम सुब्बालगायतको अभिनय रहनेछ । फिल्मको छायांकन भोपजुरको दुर्गम गाउँ, बलंखा र संखुवासभामा गरिने बताइएको छ ।

विदेशी सिनिमेटोग्राफर मार्सिन क्याप्रोनलाई निर्माण टिमले फिल्म खिच्नका लागि अनुबन्धित गरेका छन् । उनीसँगै राज थापा काउचाले फिल्मलाई खिच्नेछन् । मार्सिन सम्बन्ध र भावनाहरुलाई मिहिन तरिकाले फ्रेममा खिच्नसक्ने सिमेटोग्राफरको रुपमा चिनिन्छन् ।

फिल्म घोषणा कार्यक्रममा फिल्मका प्रमुख कलाकार दायहाङ र पशुपतिले नवीन सुब्बाको फिल्ममा काम गर्न पाउनु खुसीसँगै चुनौतिपूर्ण रहेको बताए । मेन्छायम पिक्चर्सको प्रस्तुति रहने यो फिल्ममा आमोद राईको लगानी छ । नेपाली कला र संगीतलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन नवीनको फिल्ममा आफू जोडिएको आमोद सुनाउँछन् ।

'हङककङमा बस्ने नेपालीभाषीको समाजभित्र आफ्नो समाज बनाउनुपर्छ भन्ने महसुस भयो । कला, संगीत र फिल्ममार्फत् हामीले आफ्नो समाज बनाउन सक्छौं भन्ने कुरा महत्वपूर्ण लाग्यो । त्यससँगै त्यहाँको स्थानीय समुदायसँग अन्तरक्रिया बढाउन पनि यही कुराको आवश्यकता लाग्यो,'अमोदले भने,'हङकङमा हामीले कस्ता खाले नेपाली फिल्म देखाउने भन्ने कुरा खट्कियो । हाम्रो मौलिक संगीत उनीहरुलाई कसरी देखाउने । त्यो माध्यम नभएपछि हामीले फिल्म निर्माण गर्ने निर्णय गर्‍यौं । स्तरीय फिल्म जुन त्यहाँ पनि देखाउन सकियोस् ।' सामुदायको कथा भन्ने उदेश्यले फिल्ममा हङकङ, मकाउ, युके, अमेरिका, बेल्जियम, दक्षिण कोरिया, नेदरल्याण्ड, पोर्चुगल, जर्मनी र नेपालबाट लगानी गर्ने व्यक्तिहरु जोडिएका छन् ।

प्रकाशित : मंसिर ७, २०७८ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्

कोकाकोलाको 'अन-ग्राउन्ड एक्टिभेसन' सम्पन्न

कान्तिपुर संवाददाता

काठमाडौँ — कोकाकोलाले कोभिड महामारीको समयमा फ्रन्टलाइनमा रहेर काम गरेका सम्पूर्ण कर्मचारीप्रति विशेष रुपमा समर्पित 'अन–ग्राउन्ड एक्टिभेसन'  सम्पन्न गरेको छ ।

महामारीको समयमा अनवरत सेवामा खटिने कर्मचारीप्रति कृतज्ञता ज्ञापन गर्ने मुख्य उद्देश्यको साथ संचालन भएको एक्टिभेसन कार्यक्रम कोकाकोलाको सन २०२१ को दशैं क्याम्पेन अन्तर्गत ‘धन्यवाद’ शीर्षकको एक हिस्सा थियो।

उक्त अन-ग्राउन्ड एक्टिभेसन कार्यक्रमको दौरानमा कोकाकोलाले वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान), स्टार अस्पताल (काठमाडौं), ह्याम्स अस्पताल (काठमाडौं) लगायत नेपालका प्रमुख ५ कोभिड अस्पतालहरुसँग आबद्ध भएको थियो ।

एम्बुलेन्स सेवा प्रदायक ‘नेपाल एम्बुलेन्स सेवा’, वुमन फर ह्युमन राइट्स र क्रिएसनइनको सञ्जालअन्तर्गत फोहोर व्यवस्थापनमा संलग्न कामदार लगायत महामारीको समयमा उल्लेखनीय योगदान पुर्‍याउने अन्य १३ गैर–सरकारी संस्थाहरुसँग पनि कोकाकोलाले सहकार्य गरेको थियो । यो क्याम्पेनको दौरानमा कोकाकोलाले अग्रपंक्तिमा रहेर काम गर्ने सेवाप्रदायकहरुलाई उपहारको रुपमा उनीहरुको नाम छापिएको कोक बोत्तल र कोकाकोला कन्टोर ग्लास भएको धन्यवाद गिफ्ट बक्स प्रदान गरेको थियो ।

अभियानको बारेमा बोल्दै कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले फ्रन्टलाइन हिरोहरुलाई हृदयदेखि नै आभार व्यक्त गर्ने एउटा सानो प्रयास स्वरुप ‘धन्यवाद अन–ग्राउन्ड एक्टिभेसन’ संचालन गरिएको बताए ।


प्रकाशित : मंसिर ७, २०७८ १९:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×