सलमान खान जब फ्यानसँग रिसाए

एजेन्सी

मुम्बई — बलिउड स्टार सलमान खान हालै एक सार्वजनिक स्थलमा आफ्ना फ्यान (प्रशंसक)सँग रिसाए । आइतबार सलमान आफ्नो नयाँ फिल्म 'अन्तिम'को प्रचारका लागि जाँदै गर्दा सेल्फी लिन खोजेका आफ्ना फ्यानसँग रिसाएका हुन् । फ्यानसँग सलमानको अनौठो प्रतिक्रियाले यतिबेला बलिउडमा धेरैको ध्यान तानेको छ ।

सलमान खान जब फ्यानसँग रिसाए

भीडका बीच पापराजीले उनको तस्बिर खिचिरहेका थिए । त्यसै बेला सलमानसँग नजिकै आएर एक फ्यानले सेल्फी खिच्न खोजिरहेका थिए । सलमान भने बाध्य भएर केही बेर त सेल्फीका लागि पोज दिँदैथिए । सामाजिक सञ्जालमासमेत भाइरल बनेको तस्बिर र भिडियोमा देखिए अनुसार सलमान पापराजीका बीच फ्यानबाट उम्किन खोज्दा पनि सकिरहेका थिएनन् ।

त्यसै क्रममा सलमानले सुरुमा फ्यानलाई तस्बिर नखिच्न संकेत गर्दै पापराजीले तस्बिर खिचिरहेको भन्दै थिए । 'पापराजीहरूले फोटो खिचिरहेका छन्' उनले भनेका थिए । साथै पापराजीहरूले पनि ती फ्यानलाई फोटो खिच्नका लागि नछेकिदिन आग्रह गरेका थिए । यति भन्दा पनि फ्यानले आफ्नो मोबाइल नहटाएपछि रिसाउँदै सलमानले भने 'नाच्‍न बन्द गर' ।

सलमानले यसअघि पनि यस्तै भीडमा आएका फ्यानहरूप्रति आक्रोस पोख्ने गरेका थिए । बलिउडका स्टार खान यतिबेला नयाँ फिल्म 'अन्तिम' को प्रचारका लागि व्यस्त छन् । जुन फिल्म यसै महिनाको अन्तयतिर रिलिज हुने तयारी भएको बताइएको छ । महेश मन्जरेकरको निर्देशनमा रहेको उक्त फिल्ममा सलमानको मुख्य भूमिका रहनेछ ।

प्रकाशित : कार्तिक २२, २०७८ १५:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?