चिनियाँ अभिनेत्री गोंग लीले त्यागिन् सिंगापुरको नागरिकता

एजेन्सी

काठमाडौँ — चिनियाँ अभिनेत्री गोंग लीले सिंगापुरको नागरिकता त्यागेकी छन् । चिनियाँ सञ्चारमाध्यमका अनुसार चीनले उनलाई विदेशी पासपोर्ट बोकेकोमा कालो सूचीमा राखेपछि उनले सिंगापुरको नागरिकता त्यागेको खबर आएको हो ।

चिनियाँ अभिनेत्री गोंग लीले त्यागिन् सिंगापुरको नागरिकता


५५ वर्षीया विश्वचर्चित अभिनेत्रीले चिनियाँ नागरिकता लिनका लागि पुन: आवेदन दिएको बताइएको छ । चिनियाँ मिडियाका अनुसार उनले चीनको मनोरञ्जन उद्योगमा प्रभाव खस्कन थालेपछि फेरि चिनियाँ नागरिकता लिन तयार भएको भन्दै सामाजिक सञ्जालमासमेत उनीबारे टिप्पणी आएका छन्।

हङकङका अभिनेता निकोलस सेले क्यानेडियन नागरिकता त्यागेको समाचारपछि चिनियाँ अभिनेत्री गोंग लीको नागरिकताबारे समाचार बाहिरिएको हो ।

यसअघि अगस्टमा चिनियाँ फिल्म निर्देशक चेन काइगेका छोरा अभिनेता अर्थर चेन फेइयूले अमेरिकी नाकगरिकता त्यागेका थिए । जवकि अर्थर अमेरिकामै जन्मिएका थिए ।

चिनियाँ कलाकारद्वय से र गोंगले विदेशी नागरिकता लिएपछि उनीहरु चीन सरकारको कालो सूचीमा परेको खबर आउने गरेका थिए ।

चिनियाँ अभिनेत्री गोंगले सिंगापुरका उइ होए सेओङसँग १९९६ मा विवाह गरेपछि उनले २००८ मा त्यहाँको नागरिकता पाएकी थिइन् । तर २००९ मा सम्बन्ध विच्छेदपछि पनि उनले सिंगापुरको नागरिकता कायमै राखेकी थिइन् । तर पछिल्लो समय उनी फ्रेन्च संगीतकार मिसेल जारेको साथ विवाह गरेर फ्रान्समै बस्दैआएकी छन्।

प्रकाशित : कार्तिक ८, २०७८ ००:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?