कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

'गेम अफ थ्रोन्स' शताब्दिकै उत्कृष्ट १०० सिरिजमा

एजेन्सी

काठमाडौँ — विश्वचर्चित सिरिज 'गेम अफ थ्रोन्स' बीबीसीको शताब्दिकै उत्कृष्ट १०० टिभी सिरिजको सूचीमा परेको छ । 'फ्लिब्याग', 'द क्राउन', 'स्ट्रेन्जर थिङस' जस्ता चर्चित सिरिजसँगै गेम अफ थ्रोन्स पनि २१औं शताब्दिकै उत्कृष्ट सिरिजको सूचीमा परेको हो ।

'गेम अफ थ्रोन्स' शताब्दिकै उत्कृष्ट १०० सिरिजमा


बीबीसी कल्चरले गरेको सर्वेक्षणका आधारमा तयार पारिएका १०० सिरिजको सूचीमा गेम अफ थ्रोन्स पाचौँ नम्बरमा छ । ४३ देशका २०६ फिल्म क्रिटिक तथा विज्ञहरुबीच गरिएको मत सर्वेक्षणाका आधारमा उक्त सूची तयार पारिएको हो ।

यसै वर्षको डिसेम्बरमा प्रशारण गरिने तयारी भएको उक्त सिरिज वहुप्रतिक्षित मानिएको छ । अमेरिकी च्यानल 'एचबीओ' र बेलायती 'स्काइ एटलान्टिक'बाट प्रशारण हुने सिरिजको ट्रिजर भने सार्वजनिक भइसकेको छ ।

'जीओटी'को प्रिक्वेलको रुपमा जर्ज आरआर मार्टिनको उपन्यास 'फायर एन्ड ब्लड' को २०० वर्ष पुरानो रहस्यमय कथामा आधारित 'हाउस अफ ड्रागन'लाई प्रशारण गरिनेछ ।

यसका लागि ओलिभिया कूक, म्याट स्मिथ, सोनोया मिजुनो र स्टेभ टौसेन्ट मुख्य अभिनयमा हुनेछन् । कोरोना महामारीका कारण बन्द भएको विश्वचर्चित सिरिज फेरि प्रशारण हुनुअघि यसका दर्शकहरु उत्साही बनेको निर्माण टोलीले जनाएको छ । निर्माण टोलीका अनुसार हाल हाउस अफ ड्रागनको छायांकन सुरु भएको एचबीओले जनाएको छ। साथै यसका अभिनेताहरुबारे पनि जानकारी दिइएको छ ।

प्रकाशित : कार्तिक ६, २०७८ २०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?