कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

जब अभिनय गर्दागर्दै हिरोले वास्तविक गोली चलाए...

सिनेमाटोग्राफरको हत्या, निर्देशक घाइते
एजेन्सी

वासिङटन — हलिउड फिल्म 'रस्ट' सूटिकङको क्रममा अनपेक्षित घटना भएको छ । जहाँ अभिनेता एल के बाल्डवीनले सूटिङको क्रममा वास्तविक गोली प्रहार गर्दा सिनेमाटोग्राफर हलिना हचिन्स मारिएकी छन् । साथै फिल्मका निर्देशक जोएल सुजा गम्भीर घाइते भएका छन् ।

जब अभिनय गर्दागर्दै हिरोले वास्तविक गोली चलाए...


उनको अहिले मेक्सिकन अस्पतालमा उपचार भइरहेको छ । ४२ वर्षीय सिनेमाटोग्राफर हचिन्स मारिएपछि धेरै फिल्मकर्मीले उनलाई श्रद्धाञ्जली दिन थालेका छन् । रिपोर्ट अनुसार अभिनेता बाल्डवीनले अभिनयका लागि चलाउनुपर्ने गोली वास्तविकतामै चलाइदिएका थिए । र जुन् सक्कली नै भएको बताइएको छ ।

न्यू मेक्सिको सहरस्थित बोनान्जा क्रिक रेन्च फिल्म सेटमा यस्तो अकल्पनीय घटना भएको हो । घटनापछि घाइते सिनेमाटोग्राफरलाई तत्कालै न्यू मेक्सिको अस्पताल लगिएको थियो । तर उनको ज्यान बचाउन नसकिएको चिकित्सकहरुले बताएका छन् । घाइते निर्देशक सुजाको भने उपचार भइरहेको छ ।

तर प्रहरीले यस घटनालाई लिएर कोहीमाथि पनि आपराधिक मुद्दा दायर गरेको छैन । प्रहरी अधिकारीहरुका अनुसार सूटिङमा रहेका फिल्मकर्मीहरमाथि सवधपुछपछि मात्रै मुद्दा चलाइनेछ । तर यस घटनामा अभिनेता बाल्डवीन, निर्देशक सुजा र रस्टको प्रोडक्शनको तर्फबाट केही बयान सार्वजनिक भएको छैन ।

सामान्यत: फिल्ममा केही नक्कली सामानको प्रयोग गर्ने चलन भए पनि पछिल्लो समय निर्देशकहरु सक्कली 'प्रप्स' नै चलाउन थालेका छन् । जसले गर्दा पर्दामा पनि कुनै सामान नक्कली नदेखियोस् भन्ने उनीहरुको चाहना हुन्छ । पछिल्लो घटनापछि फिल्म रस्टको सूटिङ रोकिएको छ । एल के बाल्डवीन यस फिल्मको मुख्य भूमिकामा थिए । र प्रोड्युसर पनि ।

प्रकाशित : कार्तिक ५, २०७८ १९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?