कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘मिस युनिभर्स नेपाल’को ग्रान्ड फिनाले कात्तिकमा

कान्तिपुर संवाददाता

काठमाडौँ — ‘मिस युनिभर्स नेपाल २०२१’ मा १६ प्रतियोगी भिड्ने भएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रतिस्पर्धीहरुले आफ्नो परिचय, भविष्यको उद्देश्य राखेका थिए ।

‘मिस युनिभर्स नेपाल’को ग्रान्ड फिनाले कात्तिकमा

कार्यक्रममा १६ प्रतिस्पर्धीले आत्महत्या, यौन शिक्षा, महिनावारी, डेन्टल, महिला सशक्तिकरण, मानसिक स्वास्थ्य, बलात्कार, बालबालिकको शिक्षा लगायत विभिन्न सामाजिक मुद्दाका विषयमा बनाइएको करिब ३ मिनेट लामो भिडियोसमेत सार्वजनिक गरे ।

प्रतियोगिताबाट अब शीर्ष १० छानिने छन् । आयोजकका अनुसार आईएमई एपबाट ‘मिस युनिभर्स नेपाल २०२१’को पिपुल्स चोइसमा भोटिङ गर्न सकिने र प्रतियोगीताको ग्राण्ड फिनालेको भिआईपी टिकट समेत प्राप्त गर्न सकिनेछ । प्रतियोगिताको ग्रान्ड फिनाले कात्तिक १३ मा आयोजना हुँदैछ ।

शीर्ष विजेताले १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्न पाउनेछन् । ‘मिस युनिभर्स’ का लागि उमंग क्रियसनले गतवर्षबाट प्रतियोगी पठाउन थालेको हो । गतवर्ष ‘मिस युनिर्भस’मा नेपालको प्रतिनिधित्व ‘मिस युनिभर्स नेपाल २०२०’ की विजेता अंशिका शर्माले गरेकी थिइन् ।

प्रकाशित : कार्तिक ५, २०७८ १५:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?