आर्यन खान पक्राउ प्रकरणमा जावेद अख्तरले भने,'हाई प्रोफाइलको मूल्य चुकाउनु परेको हो' - मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आर्यन खान पक्राउ प्रकरणमा जावेद अख्तरले भने,'हाई प्रोफाइलको मूल्य चुकाउनु परेको हो' 

कान्तिपुर संवाददाता

काठमाडौँ — गीतकार जावेद अख्तरले बलिउडले 'हाई प्रोफाइल'कै कारण मूल्य चुकाउनु परिरहेको धारणा राखेका छन् । लागूऔषध मुद्दामा बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई प्रहरीले प्रकाउ गरेको विषयमाथि बोल्दै जावेदले उक्त धारणा राखेका हुन् । 

यतिखेर सामाजिक सञ्जालमा आर्यनको मुद्दाबाट बलिउडलाई लक्षित गर्दै प्रहार गर्न खोजिएको भन्ने आवाजहरु उठ्न थालेका छन् । आर्यनको विषय चेन्जमेकर्स किताबको विमोचनको पत्रकार सम्मेलनमा उठ्दा जावेदले भनेका थिए,'यो बलिउडले 'हाई प्रोफाइल' भएका कारण मूल्य चुकाएको हो । तिमी हाई प्रोफाइलका हौ भने तिम्रो खुट्टा तान्न तिमीलाई तल पार्न मानिसहरुलाई मज्जा लाग्छ । यदि तिमी कोही होइनौँ भने तिमीलाई ढुंगा हान्ने कसको फूर्सद ?'

अक्टोबर ३ मा आर्यनलाई भारतको नार्कोटिक्स कन्ट्रोल ब्युरो(एनसीबी)ले क्रुज सिपमा लागूऔषध सेवन गरेको अवस्थामा पक्राउ गरेको थियो । अख्तरले अधिकतम लागूऔषध ओसारपोसार गर्ने भन्दा हाई प्रोफाइल पात्रहरुलाई मिडियाले बढी ध्यान दिने गरेको पनि उल्लेख गरेका छन् ।

'बन्दरगाहमा एक बिलियन डलरको कोकिन भेटिन्छ । अर्कोतर्फ १२ सय मानिसहरुबीच १ लाख ३० हजारको गाँजा भेटिन्छ । गाँजाको समाचार बन्छ तर कोकिनको समाचार बनेको देखिँदैन,'अख्तरले थपे । आर्यनलाई अहिले भारतको आर्थर रोड जेलमा राखिएको छ । विशेष अदालतले गत हप्ता उनको तर्फबाट जमानतका लागि निवेदन दिएको थियो ।

प्रकाशित : कार्तिक ३, २०७८ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्

बाढीपीडितलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न माओवादी केन्द्रको आग्रह

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बाढीपहिरो पीडितलाई राहत र क्षतिपूर्ति दिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

दाहालले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै बाढीपहिरोमा फासेकाहरुको उद्धार र राहत, घाइतेहरुको निःशुल्क स्वास्थ्योपचार, बिचल्लीमा परेका नागरिकहरुको खानपान र बसोबासको व्यवस्था मिलाउन सरकारसँग विशेष आग्रह गरेका छन् ।

उनले बाढी र पहिरोबाट सबैभन्दा बढी मारमा परेका किसानहरुलाई कृषि सहायता कोष खडा गरी राहत र क्षतिपुर्ति दिलाउन पनि माग गरेका छन् ।

अध्यक्ष दाहालले विपद्मा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता रहेकाहरुको खोजीका लागि पार्टीका नेता कार्यकर्ता निर्देशन समेत दिएका छन् ।

त्यस्तै, नेकपा एकीकृत समाजवादीले पनि बाढी पहिरो पीडितलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेको छ ।

अध्यक्ष माधवकुमार नेपालले बाढीले तटीय क्षेत्रका सयौँ घर डुबानमा परेको र किसानले लगाएको तरकारी र धानबाली नष्ट भएको भन्दै जोखिमयुक्त क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सार्न र उद्धार तथा राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित : कार्तिक ३, २०७८ १३:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×