कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

गोर्खा फिल्ममा अक्षय कुमारको खुकुरीको आलोचना

अक्षय भन्छन्- 'गोर्खा फिल्म बनाउन पाएकोमा गर्व र सम्मानित महसुस गर्दैछु'
एजेन्सी

मुम्बई — बलिउडका अभिनेता अक्षय कुमार एक युद्ध नायकको जीवनीमाथि बन्ने फिल्म 'गोर्खा'को मुख्य भूमिकामा देखिने भएका छन् । आनन्द एल रायको फिल्म 'गोरखा' मेजर इयान कार्डोजोको जीवनीमाथि बन्ने भएको हो ।

गोर्खा फिल्ममा अक्षय कुमारको खुकुरीको आलोचना

उक्त फिल्मको पोस्टर हालै सार्वजनिक भएको छ । जहाँ अक्षय उनै युद्ध नायक इयान कार्डोजोको भूमिकामा हुनेछन् । तर पोस्टरबारे केही टिकाटिप्पणी र आलोचना सुरु भयो । तीमध्ये केही आलोचनाको स्पष्टीकरण भने अक्षय स्वयंले दिनु परेको छ ।

पोस्टरमा प्रयोग गरिएको खुकुरीलाई लिएर एक पूर्व सैन्य अधिकृतले प्रश्न उठाएका हुन् । पूर्वमेजर मानिक एम जोलीले अक्षयलाई पोस्टरमा सही खुकुरी नै प्रयोग गर्न सुझावसमेत दिएका छन् ।

मानिकले लेखेका छन्, 'प्रिय अक्षय कुमार, एक पूर्वगोर्खा अधिकृत हुनुको नाताले यो फिल्म बनाएकोमा म तपाइँलाई धन्यवाद दिन चाहन्छु । यद्यपि विस्तृतमा भन्नुपर्दा कृपया सही खुकुरीको प्रयोग गर्नुहोला । जसको अर्कोतर्फ धार हुन्छ । यो तरवार हैन । खुकुरीको भित्री भाग झुकेको हुन्छ । उदाहरणका लागि तस्बिर राखेको छु ।'

मानिकले ट्विटरमा यस्तो लेखेपछि अक्षयले भने जवाफ दिँदै उनलाई सुझावको लागि धन्यवाद दिएका छन् । जवाफमा अक्षयले लेखेका छन्, 'प्रिय मेजर जोली । गल्ती भन्दिनुभएकोमा धन्यवाद । हामी छायांकनको क्रममा पूरा सावधानी राख्नेछौँ । मलाई गोरखा फिल्म बनाउनुमा ज्यादै गर्व महसुश भइरहेको छ । हामी कोही पनि यस्तो सुझावको सराहना गर्छौँ । जसले फिल्मलाई राम्रो देखाउन सहयोग मिल्नेछ ।

अक्षय कुमारको गोर्खाभन्दा पहिले पनि पूर्वमेजर मानिकले स्याम बहादुर फिल्मको पोस्टरको कमजोरीबारे प्रश्न गरिसकेका थिए । उक्त पोस्टरमा विक्की कौशल गलत ब्याचका साथ पोस्टरमा देखिएका थिए । तर त्यसबारे मानिकले कडा प्रश्न गरेपछि कौशलले पोस्टर परिवर्तन नै गर्नु परेको थियो ।

अक्षय कुमारको गोर्खाको पोस्टर पनि यही शुक्रबार सार्वजनिक गरियो । पोस्टरमा अधिकृतको रुपमा देखिएका अक्षयले लेखेका छन्, 'गोरखा महान युद्ध नायक मेजर जनरल इयान कार्डोजोको जीवनमाथि बनेको यस्तो फिल्म हो । एक आदर्श व्यक्तिको भूमिका निभाउनु र यस विशेष फिल्म प्रस्तुत गर्न पाउँदा म सम्मानित महसुश गरिरहेको छु।'

प्रकाशित : कार्तिक १, २०७८ ०१:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?