शाहरुखका छोरालाई ऋतिक रोशनको सुझाव- मनोरञ्जन - कान्तिपुर समाचार

शाहरुखका छोरालाई ऋतिक रोशनको सुझाव

एजेन्सी

मुम्बई — लागूऔषध मुद्दामा पक्राउ परेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनबारे अभिनेता ऋतिक रोशनले सहानुभूतिपूर्ण पत्र लेख्दै सबै कुरालाई अनुभवको रुपमा लिन सुझाव दिएका छन् ।

इन्स्टाग्राम मार्फत् उनले आर्यन खानको नाममा एक भावूक पत्र लेख्दै यस जटिल अवस्थालाई अनुभवको रुपमा ग्रहरण गर्न सुझाव दिएका हुन् । उनले भनेका छन् 'मेरो प्यारो आर्यन । जिन्दगीमा केही पनि निश्चित छैन । यही नै यसको सच्चाइ हो । जीवनले कहिलेकाहीँ तिम्रोसामु सबैभन्दा मुस्किल बल फाल्नेछ । तर भगवान दयालु छन् । उनी सबैभन्दा बलियो मान्छेलाई नै सबैभन्दा कडा बल खेल्न दिन्छन् । मलाई थाहा छ तिमीले यो दबाबलाई महसुश गर्दै अनुभवको रुपमा ग्रहण गर्नेछौ । तिमीले महसुश गर्नुपर्छ' ऋतिकले भनेका छन् ।

साथै ऋतिकले यस्तो अवस्थामा सावधान रहन पनि आर्यनलाई सुझाव दिएका छन् । ऋतिक रोशन र शाहरुखबीच पारिवारिक रुपमा पनि सुमधुर सम्बन्ध रहेको बताइन्छ । यसअघि ऋतिक रोशनकी पूर्वपत्नीले समेत आर्यनबारे लेखेकी थिइन् । आर्यनको पक्राउबारे बलिउडका अरु धेरै कलाकारले प्रतिक्रिया दिएका छन् । तीमध्ये केहीले आर्यन निर्दोष रहेकोसमेत दावी गरेका छन् ।

शाहरुख खानका छोरा लागूऔषध मुद्दामा पक्राउ

२३ वर्षीय आर्यन खानसहित ८ जनालाई मुम्बई प्रहरीले गत सोमबार क्रूज सीपबाट पक्राउ गरेको थियो । उनीहरुलाई प्रहरीको लागुऔषध नियन्त्रण शाखाको टोलीले लागूऔषध मुद्दामा पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरुको साथबाट लागूऔषध बरामद गरिएको छ ।

प्रकाशित : आश्विन २१, २०७८ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्

कपिलवस्तुमा झाडापखालाको प्रकोप देखिएपछि ५० हजार क्लोरिन ट्याबलेट पठाइयो

कान्तिपुर संवाददाता

काठमाडौँ — कपिलवस्तुको कृष्णनगर नगरपालिकामा प्रकोपको रुपमा झाडापखला फैलिएपछि ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आवश्यक औषधि तथा जनशक्ति पठाएको छ ।

ईडिसिडीका अनुसार ५० हजार क्लोरिन ट्याबलेट कृष्णनगर पुर्‍याइसकिएको छ । क्लोरिन पानी शुद्ध बनाउन प्रयोग गरिन्छ ।

महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले कपिलवस्तु महामारीमा आवश्यक सामाग्रीसहित चिकित्सक टोली तथा विश्व स्वास्थ्य संगठनका प्रतिनिधि बिहीबार बिहानै परिचालित गरिएको बताए । उनले स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रहरु ईडिसिडीसँग निरन्तर सम्पर्कमा रहेको जानकारी गराए ।

३५ बेडको अस्पतालमा ३०५ बिरामी : घरबाटै खाट लगेर उपचार

ईपिडिमियोलोजिस्ट डा. शशी कँडेल, कौशलचन्द्र सुवेदी र विश्व स्वास्थ्य संगठनबाट डा. रविन गौतम प्रभावित स्थलमा गएका छन् । ‘हामी जिल्ला र प्रदेश सबैसँग समन्वय र सम्पर्कमा छौं र ईडिसिडी हाइ अलर्टमामा रहेको छ ,’ निर्देशक पौडेलले भने ।

असोज १८ देखि कृष्णनगर नगरपालिका वडा नं ३, ४,७,८,९ र १२ मा झाडापखाला तथा बान्ताका बिरामीहरु देखिएका छन् । उनीहरुको हाल शिवराज अस्पतालमा उपचार भइरहेको छ । बिहीबार बिहान ९ बजसेम्म प्राप्त जानकारी अनुसार ३७० जना बिरामी भर्ना गरी उपचाररत रहेकोमा ३२ जनालाई तौलिहवा अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा रेफर गरिएको छ ।

प्रकाशित : आश्विन २१, २०७८ १८:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×