कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

शाहरुख खानका छोरा लागूऔषध मुद्दामा पक्राउ

शाहरुखले २४ वर्षअघि भनेका थिए 'मेरो छोराले ड्रग्सको आनन्द लिओस्'
एजेन्सी

मुम्बई — बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान लागूऔषध मुद्दामा पक्राउ परेका छन् । २३ वर्षीय आर्यनसँगै आठ जनामाथि प्रहरीको लागूऔषध विभागले प्रश्न गर्दैछ । मुम्बईस्थित समुद्री किनारको क्रूज सीप पार्टीमा उनीहरुले लागूऔषध सेवन गरिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरी हिरासतमा राखेको छ । उनीहरुको समूहमा दुई महिला समेत रहेको प्रहरीले जनाएको छ ।

शाहरुख खानका छोरा लागूऔषध मुद्दामा पक्राउ

प्रहरीका अनुसार मुनमुन धमेचा, नूपुर सारिका, इस्मित सिंह, मोहक जसवाल, विक्रान्त छोकर, गोमित चोपरा, आर्यन खान र अरबाज मर्चान्ट पक्राउ परेका हुन् । आर्यनसहित सबै आठ जनामाथि प्रहरीको लागूऔषध नियन्त्रण विभागले प्रश्न गर्दैछ ।

उनीहरुको साथबाट कोकिन, चरेस, मेफेड्रोन जस्ता लागूऔषध प्रहरीले बरामद गरेको जनाएको छ । मुम्बई प्रहरीको लागूऔषध नियन्त्रण विभागले पछिल्लो समय बलिउडकर्मीहरुमाथि निगरानी बढाएको छ ।

यससँगै शाहरुख खानले आफ्नो छोराको बारेमा १९९७ मा दिएको प्रतिक्रिया चर्चामा ल्याइएको छ । शाहरुखले त्यसबेला आफ्नो छोराले लागूऔषध सेवनसहित स्वतन्त्र जीवन बाँचोस् भन्ने चाहेको प्रतिक्रिया दिएका थिए । शाहरुखले त्यसबेला भनेका थिए, 'म चाहन्छु मेरो छोरा केटीहरुसँग डेट गरोस् र लागूऔषधको पनि आनन्द लिओस् । उ एक ब्याड ब्वाइ बनोस् । यदी उ गुड ब्वाइ जस्तो देखियो भने त म उसलाई घरबाटै निकालिदिनेछु ।'

शाहरुखले २४ वर्षअघि आफ्नो छोराको बारेमा ठट्टा गर्दै दिएको प्रतिक्रिया यतिबेला सामाजिक सञ्जालमा पनि भाइरल बनाइएको छ ।

प्रकाशित : आश्विन १७, २०७८ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?