१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

घटस्थापनादेखि हल खुल्ने, पहिलो फिल्म अंग्रेजी  

फूलपातीको दिनदेखि 'डाँडाको बर पिपल' प्रदर्शन
कान्तिपुर संवाददाता

काठमाडौँ — घटस्थापनाको दिन(असोज २१)देखि देशभरका हल खुल्ने भएका छन् । अंग्रेजी फिल्म 'फास्ट एण्ड फ्युरियस ९' प्रदर्शन गर्दै देशभरका हल खुल्ने भएको चलचित्र संघका महासचिव अशोक शर्माले बताए । 

घटस्थापनादेखि हल खुल्ने, पहिलो फिल्म अंग्रेजी  

'अंग्रेजी फिल्मबाट हलहरु खुल्नेछन् । अहिलेसम्म खासै नेपाली फिल्महरुको प्रदर्शन टुंगो लागिसकेको छैन । सोभित बस्नेतको फिल्म फूलपातीमा लाग्छ,'उनले भने ।

स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर नै हल खोल्ने तयारी रहेको शर्माले बताए । उनका अनुसार हलमा दुई नेपाली फिल्म एकै मितिमा भिड्नु पाउनेछैनन् । निर्माता जोगाउनका लागि आफूहरुले हल खुलेको तीन महिनासम्म यो नियम लागू गर्नेसमेत बताए ।

'अंग्रेजी र हिन्दी फिल्ममा त्यो नियम लागू हुन्न । तर नेपाली फिल्महरु एउटै मितिमा प्रदर्शन गर्न पाइने छैन । कम्तिमा २ हप्तासम्म एउटा नेपाली फिल्मले हलमा समय पाउने छ । त्यसपछि मात्र अर्को फिल्म प्रदर्शनमा ल्याउन सकिन्छ,'शर्माले भने ।

यसअघि उपत्यकाभित्रको हलहरु खोल्न पाइने काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले निर्णय गरेको थियो । तर चलचित्र संघ नेपालभरको हल खोल्ने अनुमति नदिएको भन्दै पुन: बन्द गर्ने निर्णयमा पुगेको थियो ।

कोरोना महामारीबीच पनि हल खुलेको थियो । तर, निर्माताहरुले फिल्म प्रदर्शन नगर्दा हल बन्द भयो । घटस्थापनाको दिनदेखि हल खोल्ने भनिए पनि अझै फिल्महरुको प्रदर्शन पक्का भइसकेको छैन । निर्देशक बस्नेतले भने फूलपातीको दिनदेखि 'डाँडाको बर पिपल' प्रदर्शनमा ल्याउने घोषणा गरिसकेको छ ।

प्रकाशित : आश्विन ११, २०७८ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?