२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

सोमालियामा ३० वर्षपछि पहिलोपटक फिल्म प्रदर्शन

एजेन्सी

मोगादिसु — सोमालियामा ३० वर्षपछि पहिलोपटक सार्वजनिक रुपमा फिल्म प्रदर्शन गरिएको छ । सोमाली निर्देशक इब्राहिम सिएमका दुई सर्ट फिल्म राजधानी मोगादिसुस्थित नेश्नल थिएटरमा हालै प्रदर्शन गरिएको हो । फिल्म प्रदर्शनको क्रममा ठूलो संख्यामा सुरक्षाकर्मी समेत खटाइएको थियो ।

सोमालियामा ३० वर्षपछि पहिलोपटक फिल्म प्रदर्शन

फिल्म प्रदर्शनपछि थिएटर निर्देशक अब्दिकादीर अब्दी यूसुफले प्रदर्शन गरिएको रातलाई 'सोमाली जनताका लागि ऐतिहासिक रात' भएको प्रतिक्रिया दिएका छन् । साथै यसले वर्षौँको चुनौतीपछि एक युद्धग्रस्त देशमा आशा जगाएको उनको भनाइ थियो ।

दुई फिल्म 'हूस' र 'डेट फ्रम हेल' अवलोकनका लागि दर्शकले १० डलर तिर्नुपर्ने नियम थियो । साथै कडा सुरक्षा र बाक्लो भीड छिचोल्दै हलमा पुग्नुपर्ने बाध्यता थियो । फिल्म प्रदर्शनको क्रममा भीडभाड र सुरक्षाको विषयलाई लिएर दर्शकहरुले आलोचना समेत गरेका थिए ।

राष्ट्रपतीय भवन र संसद भवन समेत रहेको यस ठाउँ युद्धको क्रममा आत्मघाती बम हमलाको निशाना बनेको थियो । उक्त थिएटर १९६७ मा चिनियाँ नेता माओ त्सेतुङले उपहारको रुपमा दिएका थिए । साथै चिनियाँ ईन्जिनियरहरुले नै उक्त भवन निर्माण गरेका थिए । यस ठाउँलाई १९७० र ८० को दशकमा सोमालियाको सांस्कृतिक विकासको महत्वपूर्ण पक्षको रुपमा समेत चिनिन्थ्यो ।

तर गृहयुद्ध सुरु भएपछि १९९१ मा उक्त थिएटर बन्द गरिएको थियो । २०१२ मा यो थिएटर पुनर्निर्माणपछि फेरि खुलेसँगै अल शबाबका सशस्त्र लडाकूको आक्रमणबाट फेरि ध्वस्त पारिएको थियो ।

प्रकाशित : आश्विन ७, २०७८ १४:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?