कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

कलाकारलाई उपाधिको लोभ

काठमाडौँ — कलाकारहरु प्रशंसाका भोका हुन्छन् । कलाकारिता एक अर्थमा प्रशंसाकै लागि पनि गरिन्छ । तर नेपाली कलाकारहरुमा प्रशंसा मात्र होइन पदक, उपाधिको पनि विछट्टै लगाव छ ।

कलाकारलाई उपाधिको लोभ

'महानायक' र 'महानायिका'को उपाधि प्रमुख उदाहरणका हो । 'महानायक'को उपाधि शिरोपर गरेर बसेका छन् राजेश हमाल । गत वर्ष अभिनेत्री करिश्मा मानन्धरलाई 'आरके इन्टरटेन्टमेन्ट'ले महानायिकाको उपाधि दियो । उनी महानायिकाको ट्याग बोकेर हिँडिरहेकी हुन्छिन् ।

समकालीन साथीहरुले उपाधि पाएपछि अन्य कलाकारको चित्त नदुख्ने कुरै भएन । आखिर उपाधिले एउटा महानायक अर्कोलाई नायक मात्र साबित गर्ने भयो । त्यही चित्त दुखाइको उपज हुनुपर्छ, आइतबार काठमाडौंमा आयोजना भएको एक कार्यक्रममा कलाकारले मनपरी एकअर्कालाई उपाधि बाँडे । फिल्म 'डाँडाको वरपिपल' कार्यक्रमको सुरुवातमै सोभित बस्नेतले भुवन केसीलाई 'नेपालको एक मात्र महानायक' भन्दै उपाधि हस्तान्तरण गरिदिए ।

भुवनले पनि कार्यक्रमको स्टेजमा आफूसँगै उभिएका कलाकार शिव श्रेष्ठलाई 'महानायक' र अभिनेत्री गौरी मल्ललाई 'महानायिका' घोषणा गरे । उपाधि पाउनेहरु स्टेजमै खुसीले गमक्कै । भुवनले गौरीलाई 'महानायिका' मात्र होइन 'अभिनयको महारानी' घोषणा गर्न भ्याए । शिवले पनि 'महानायिका'को उपाधि दिन कहाँ छुटाउँथे र ! उनले गौरीलाई 'महानायिका'को उपाधि दिँदै करिश्मालाई 'ड्रिमगर्ल'को उपनाम दिए ।

'महानायिका' र 'महानायक'को दोहोरी चल्दै गर्दा भुवनले उपाधिप्रतिको मनको भडास पनि पोख्न पाए । 'सबैले आफूलाई सोचेको उपाधि दिन सक्छ । दिनेलाई दिने अधिकार छ, लिनेलाई लिने अधिकार छ । यो क्षेत्रमा हामीले धेरै वर्ष बिताएका छौँ । र, शिवजी र मलाई लागेको कुरा त्यति हो ।'

हमाललाई दिएको उपाधिमा भुवनको चित्त दुखेको कुरा त्यही भडासले प्रष्ट गराइदियो । जे होस् कलाकारहरुले उपाधिका लागि तँछाडमछाड गरेको दृश्यले भोलि भुवन केसीले आफ्नो छोरा अनमोल केसीलाई 'महानायक'को उपाधि नदेलान् भन्न सकिन्न । काम गरेपछि फलको आश गरिन्छ । तर नेपाली कलाकारले उपाधिको लागि गरेको हानाथाप बुझ्न नसकिने किसिमको छ ।

प्रकाशित : आश्विन ५, २०७८ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?