कलाकारिता क्षेत्रबाट मानपदवी कसले-कसले पाए?- मनोरञ्जन - कान्तिपुर समाचार

कलाकारिता क्षेत्रबाट मानपदवी कसले-कसले पाए?

कान्तिपुर संवाददाता

काठमाडौँ — संविधान दिवसको अवसरमा सरकारले विभिन्न क्षेत्रबाट देशका लागि योगदान पुर्‍याउनेहरुलाई मानपदवीबाट हरेक वर्ष विभूषित गर्ने गर्छ । यस वर्ष पनि सरकारले संविधान दिवसको अवसरमा अन्य क्षेत्रसँगै कला क्षेत्रबाट देशलाई योगदान दिएको ठहर गर्दै विभिन्न व्यक्तिलाई सम्मानित गर्ने भएको हो ।

सुप्रिद्ध प्रबल जनसेवाश्री चतुर्थबाट लोक गायिका विष्णु माझी, कलाकार नवल खड्का, प्रकाश घिमिरे, रमेश बुढाथोकी, दीपाश्री निरौला, हेमन्त बुढाथोकी, दोहोरी गायक चन्द्र प्रसाद शर्मा, दोहोरी गायक कुलेन्द्र विश्वकर्मा, गायिका देविका प्रधान, संगीतकार कस्तुप पन्तलाई विभूषण गरिएको छ ।

अभिनेत्री केकी अधिकारी, अनमोल केसी, गायक प्रकाश सपूत, हेमन्त शर्मालाई भने सरकारले जनसेवाश्री पदकबाट विभूषण गरिएको छ । हास्य कलाकार कमल गाउँले, नृत्यकार महेश प्रकाश हाडा, गायक नविन कुमार पौड्याल, बहिरा कालकार सुजल बम, नृत्यकार तेरिया फौजा मगर, कलाकार शिव शंकर रिजाल(जोगेन्द्र), राजकुमार राई, मैथली कलाकार रन्जु झालाई पनि यही पदकबाट विभूषित गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई आज मानपदवी(विभूषण) दिइएको हो । नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभूषण प्रदान गरिँदै आएको छ ।

प्रकाशित : आश्विन ३, २०७८ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्

दाहालपत्‍नी सीतालाई सुप्रसिद्ध प्रबल जनसेवाश्री पदक

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधामन्त्री पुष्पकल दाहाल पत्नी सीता दाहाललाई पनि विभूषण घोषणा गरेको छ । दाहाल पत्नी सीतालाई सुप्रसिद्ध प्रबल जनसेवाश्रीबाट विभूषण गर्ने निर्णय भएको हो । 

विभूषण सिफारिस दलीय भागबण्डामा भएको आरोप सरकारमाथि लागिरहेको छ । सीतालाई राजनीतिक अभियन्ताका रुपमा विभूषण दिइएको छ । उनको नाम ३६ औं नम्बरमा छ ।

गृहमन्त्रालयका प्रवक्ता फणीन्द्रमणी पोखरेलले पूर्वप्रधानमन्त्री पत्नी सीतालाई विभूषण सिफारिस गरिएको बताए ।

यसैबीच पत्रकार हरिबहादुर थापा र कार्टुनिष्ट रवीन सायमीले विभूषण नलिने घोषणा गरेका छन् । सामाजिक सञ्जाल मार्फत दुवैजनाले विभूषण नलिने जानकारी गराएका हुन् । पत्रकार थापाले विभूषण सिफारिस गर्नुअघि आफूलाई नसोधिएको पनि उल्लेख गरेका छन् ।

गतवर्ष करिब ६ सय जनालाई विभूषण सिफारिस गरिएकोमा अहिले यो संख्या ९ सय नाघेको छ । सरकरमा भएका दलका आसेपासेलाई यसरी नै वर्षेनी ठूलो धनराशी खर्च गरेर विभूषण दिँइदै आएको छ । यसअघि विभूषण सिफारिसमा विवादास्पद मानिस पनि परेपछि वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यलगायतले विभूषण बहिष्कार गरेका थिए ।

प्रकाशित : आश्विन ३, २०७८ ११:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×