कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लिल नास एक्स र जस्टिन बीबरलाई एमटिभीको शीर्ष अवार्ड 

काठमाडौँ — र्‍यापर लिल नास एक्स र गायक जस्टिन बीबरले यो वर्षको एमटिभीको शीर्ष अवार्ड पाउन सफल भएका छन् । महामारीपछि दर्शकको सहभागितामै न्युयोर्क सहरमा सम्पन्न कार्यक्रममा अलिभिया रोड्रिगो र के-पप ब्यान्ड बिटिएसले पनि अवार्ड प्राप्त गर्‍यो ।

लिल नास एक्स र जस्टिन बीबरलाई एमटिभीको शीर्ष अवार्ड 

१८ वर्षीया अलिभियाले उत्कृष्ट नव आर्टिस्ट र 'ड्राइभर लाइसेन्स'बाट 'सङ अफ दि इयर'को अवार्ड जितिन् । २२ वर्षीय लिल नास एक्सले भने 'कल मि बाइ योर नेम'बाट 'भिडियो अफ दि इयर'को अवार्ड जितेका हुन् ।

गत वर्ष एमटिभीको वार्षिक अवार्ड कार्यक्रम दर्शकबिना आयोजना भएको थियो । जसमा कलाकारका रेकर्ड गरिएका प्रस्तुतिलाई कार्यक्रममा देखाइएको थियो ।

६ वर्षपछि एमटिभीको स्टेजमा फर्केका जस्टिनले 'आर्टिस्ट अफ दि इयर' र 'बेस्ट पप'को अवार्ड उचाले । 'संगीत यस्तो अदभुत कुरा हो जसबाट हामी दर्शक समक्ष पुग्न सक्छौं । यसले हामीलाई एकसाथ राख्छ,'अवार्ड उचाल्दै जस्टिनले भने । कार्यक्रममा बिटिएसले 'बटर'बाट उत्कृष्ट के-पपको अवार्ड उचाल्यो ।

कार्यक्रममा थुप्रै गायक/गायिकाले गायन प्रस्तुति दिएका थिए । यो वर्षको एमटिभीको कार्यक्रम केही खास रह्यो । संगीत सामाग्री मात्रै प्रसारण गर्ने हेतुले खोलेको एमटिभीले ४० वर्ष पूरा गरेको थियो । संगीत क्षेत्रमै ४० वर्ष बिताएकी म्याडोनाको प्रस्तुति दर्शकको लागि खास थियो ।

संगीत क्षेत्रमा २५ वर्ष मनाउँदै गरेको रक ब्यान्ड फू फाइटर्सले एमटिभीको 'ग्लोबल आइटम' अवार्ड जित्यो ।

प्रकाशित : भाद्र २८, २०७८ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?