ब्रिटनी स्पियर्स र स्याम असगरीले गरे ‘इन्गेजमेन्ट’

काठमाडौँ — अमेरिकी गायिका ब्रिटनी स्पियर्सले स्याम असगरीसँग ‘इन्गेज्मेन्ट’ गरेकी छिन् । उनले ‘इन्गेजमेन्ट’ औंठी देखाउँदै इन्स्टाग्राममा एउटा भिडियो पनि सेयर गरेकी छिन् । असगरीले पनि इन्स्टाग्राममा छुट्टै फोटो सेयर गरेका छन् । 

ब्रिटनी स्पियर्स र स्याम असगरीले गरे ‘इन्गेजमेन्ट’

३९ वर्षीय स्पियर्स १३ वर्षदेखि संरक्षणको मामिलामा कानुनी लडाइँ लडिरहेकी छिन् । केही दिनअघि मात्र स्पियर्सको जीवन र आर्थिक पक्षमा गर्दै आएका बुवा जेमी स्पियर्सले कन्जरभेटरसिप(कानुनी अभिभावकत्व) समाप्त गर्न अदालतमा निवदेन दिएका थिए ।

आफूलाई असगरीसँग विवाह गर्न नदिनका लागि हस्तक्षेप गरिँदै आएको स्पियर्सले आरोप लगाउँदै आएकी थिइन् । २७ वर्षीय असगरीसँग २०१६ सालदेखि प्रेम सम्बन्धमा रहेकी छिन् । असगर पर्सनल ट्रेनर तथा अभिनेता हुन् । इरानमा जन्मिएका असगरी १२ वर्षको उमेरमा लस एन्जलस गएका थिए । उनीहरूबीच सन् २००८ मा एउटा म्युजिक भिडियोको सेटमा भेट भएको थियो ।




स्पियर्सले यसअघि दुई पटक विवाह गरिसकेकी छिन् । सन् २००४ मा उनले बाल्यकालदेखिकै साथी जेसन अलेक्जेन्डरसँग विवाह गरेकी थिइन् । तर उनीहरूबीचको वैवाहिक सम्बन्ध ५५ घण्टामात्रै टिकेको थियो । उनीहरूबीच विवाह भएको केही घण्टामै उक्त विवाहलाई खारेज गर्न भन्दै अदालतमा मुद्दा परेको थियो ।

त्यसपछि ब्रिटनीले डान्सर केभिन फेडरलाइनसँग २००४ मै विवाह गरिन् । केभिन र ब्रिटनीका दुई जना छोरा छन् । ब्रिटनी र केभिनले सन् २००७ मै सम्बन्धविच्छेद गरे ।

प्रकाशित : भाद्र २८, २०७८ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?