२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भेनिस फिल्म फेस्टिभलको उत्कृष्ट फिल्म : 'ह्यापनिङ'

काठमाडौँ — फ्रेन्चको गर्भपतन सम्बन्धी फिल्म 'ह्यापनिङ'ले भेनिस फिल्म फेस्टिभल जितेको छ । सन् १९६० तिरको गैरकानुनी गर्भपतनको विषयमा बनेको फिल्मले उत्कृष्ट फिल्मका लागि 'गोल्डेन लायन' जितेको हो । 

भेनिस फिल्म फेस्टिभलको उत्कृष्ट फिल्म : 'ह्यापनिङ'

'मैले यो फिल्म रिस, चाहना, हिम्मत, हृदयदेखि बनाएँ, 'फिल्मकी निर्देशक अड्री डिवानले अवार्ड उचाल्दै भनिन् । एक आत्मकथामा आधारित फिल्मले एक किशोरीको कथा भन्छ, जसले जेल र मृत्युको जोखिमबीच आफ्नो पढाइ पूरा गर्छिन् ।

अवार्ड 'प्यारासाइट' निर्देशक वोङ जून हुले छनोट गरेका थिए । गत वर्ष क्लोई चाउ निर्देशित 'नोमडल्यान्ड' भेनिसमा उत्कृष्ट फिल्म भएको थियो ।

संसारकै पुरानो फिल्म फेस्टिभलको ७८ औं संस्करणमा जुरी अवार्ड इटालियन निर्देशक पाउलो सोरेन्टिनोले प्राप्त गरे । फिल्म 'द ह्यान्ड अफ गड'बाट उनले 'सिल्भर लायन' प्राप्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेको छ ।

त्यस्तै, फेस्टिभलमा न्युजिल्यान्डका जेन च्याम्पियनले नेटफ्लिक्सको 'द पाउर अफ द डग' बाट उकृष्ट निर्देशकको अवार्ड प्राप्त गरे । स्पेनिस स्टार पेनेलोप क्रुजले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् । फिल्म 'प्यारलल मदर्स'बाट क्रुजले उक्त अवार्ड जितेकी हुन् । म्यागी जिनेलहलले 'द लस्ट डटर' बाट उत्कृष्ट स्क्रिनप्लेको अवार्ड जितिन् । फिलिपिनो कलाकार जोन अर्सिलियाले 'अन द जब : द मिसिङ ८' बाट उत्कृष्ट अभिनेताको अवार्ड जिते ।

प्रकाशित : भाद्र २७, २०७८ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?