दस किशोरीले बनाए महिलामाथि पाँच फिल्म 

काठमाडौँ — प्लान इन्टरनेसनलको फिल्म मेकिङ कार्याशाला 'गर्ल्स गेट इक्वेल' अभियान अन्तर्गत आयोजना गरेको 'वुमन मेक फिल्म्स'मा सहभागी दस किशोरीले बनाएका पाँच फिल्म प्रदर्शन गरिएको छ । एक महिने कार्यशालामा सहभागी दस किशोरीले बनाएका ५ मिनेट लामो फिल्मलाई शुक्रबार चलचित्र विकास बोर्डमा प्रदर्शन गरिएको थियो । 

दस किशोरीले बनाए महिलामाथि पाँच फिल्म 

'वुमन मेक फिल्मस्'लाई अस्कर इन्टरनेसनल कलेज र चलचित्र विकास बोर्डले सघाएका थिए । भर्चुअल माध्यमबाट कार्यशाला आयोजना गरिएको थियो । कार्यशालाका प्रोजेक्ट कोअर्डिनेटर नवविजय श्रेष्ठले सैद्धान्तिक र प्रायोगिक दुवै विधिको प्रयोग गरी किशोरीलाई फिल्म मेकिङ सिकाइएको बताउँछन् ।

‘एक महिना लामो तालिममा १८ देखि २४ वर्षसम्मका किशोरीले नेपाली समाजको संरचनामाथि रचनात्मक प्रश्न गर्ने शिल्प सिके । यी पाँच चलचित्रको प्रदर्शनले यो महिला चलचित्रकर्मीलाई आफ्नो क्षमता देखाउन राम्रो मञ्च प्रदान गर्नुका साथै आत्मविश्वासी बनाएको महसुस गरेका छौँ,’ श्रेष्ठले भने ।

साउन ३ देखि भदौ ३ सम्म आयोजना भएको कार्यशालामा आश्रुती त्रिपाठी, प्राधान्या योञ्जन, एन्जला चौधरी, पुष्पा जोशी, पूर्णिमा महर्जन, अम्बिका भण्डारी, अस्मिता लावती, श्रीषा कुँवर, मीरा खड्का र ज्योति बेलबासे सहभागी भएका थिए ।

सहभागी किशोरीहरुले पाँच महिलाको जिन्दगीलाई फिल्ममा समावेश गरेका थिए । एक महिने कार्यशालामा उनीहरूलाई राजन कठेत, रजिला श्रेष्ठ, बबिन दुलाललगायतले प्रशिक्षण दिएका थिए ।

प्रकाशित : भाद्र २७, २०७८ १४:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?