१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

कानुनी अभिभावकबाट हट्ने भए ब्रिट्नीकी बुवा जेमी

काठमाडौँ — १३ वर्षदेखि गायिका ब्रिट्नी स्पिर्यसको जीवन र आर्थिक पक्षमा हस्तक्षेप गर्दै आएका पिता जेमीले कन्जरभेटरसिप(कानुनी बुवा) समाप्त गर्न अदालतमा आवेदन दर्ता गराएका छन् । पछिल्लो वर्षमा परिस्थिहरु परिवर्तन भएको भन्दै जेमीले मंगलबार लस एन्जलसको उच्च अदालतमा कानुनी पिताबाट हट्न आवेदन दिएका हुन् । 

कानुनी अभिभावकबाट हट्ने भए ब्रिट्नीकी बुवा जेमी

'मिस्टर स्पियर्सले भन्दै आएको कुरा हो, उनी आफ्नो छोरीको भलाइ चाहन्छन्,' अदालतमा दिएको डकुमेन्टमा उल्लेख गरिएको छ, 'यदि ब्रिट्नी कन्जरभेटरसिप समाप्त गर्न चाहन्छिन् र आफ्नो जीवन आफैं चलाउन सक्छिन् भने जेमी त्यो मौका उनले पाउनुपर्नेमा विश्वास राख्छन् ।'

यो विषय अगाडि बढाउन न्यायाधीश ब्रेन्डा पेन्नीको अनुमोदन आवश्यक रहेको द हलिउड रिपोर्टरमा समाचार उल्लेख छ । यसमाथि ब्रिट्नीकी वकिलको कुनै जवाफ आइसकेको छैन । पछिल्लो समय सामाजिक सञ्जालमा मानिसहरु जेमीमाथि खनिँदै आएका थिए ।

केही समयअगाडि मात्रै ब्रिट्नीले पिता जेमी कन्जरभेटरसिपबाट हटाउनुपर्ने भन्दै अदालतमा उजुरी दिएकी थिइन् । त्यसमाथि आगामी सेप्टेम्बर २९ मा बहस हुनेछ । यसअघि अगस्ट १२ मै जेमीले कानुनी अभिभावकको भुमिकाबाट हट्ने कुरा गरिसकेका थिए । तर कुनै समय सीमा तोकेका थिएनन् ।

सन् २०१९ देखि उनले ब्रिट्नीको जीवनका ठूला निर्णय लिन छोडिसकेका थिए । तर आर्थिक क्षेत्रमा भने उनले आफ्नो हक जमाउँदै आएका थिए ।ब्रिट्नी मानसिक समस्याबाट गुज्रिँदा सन् २००८ मा जेमी कानुनी अभिभावक बनेका थिए । ब्रिट्नीले जुन २३ मा अदालतमा दिएको बयानले नै जेमी मंगलबार उक्त निर्णय लिने चरणमा पुगेका हुन् । 'मलाई मेरो जीवन फिर्ता चाहियो । १३ वर्षदेखि यस्तो जीवन भोग्दैछु, अब यो समाप्त हुन जरुरी छ,' उनले अदालतमा निकै भावुक बयान दिएकी थिइन् ।

यतिखेर गायिका स्पियर्सकी फ्यान उनको स्वतन्त्राका लागि सामाजिक सञ्जालमा आवाज उठाउँदै छन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा त ह्यासट्याग 'फ्रि ब्रिट्नी' चलिरहेको छ । उनीहरु अदालतको अगाडि बहस हुने बेलामा पनि प्रदर्शन गर्न पुगि हाल्छन् । जुन र जुलाईमा अदालतमा ब्रिट्नीले आफ्नो भावुक बयान दिएसँगै गायिका माइली साइरसले पनि ब्रिट्नीलाई साथ दिँदै आएकी छन् ।

प्रकाशित : भाद्र २३, २०७८ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?