मनोरञ्जन

पुतलीको सपना 'वेस्ट मिट्स इस्ट स्क्रिनप्ले ल्याब'मा छनोट 

२० औं ढाका इन्टरनेसनल फिल्म फेस्टिभल-२०२२ अन्तर्गतको 'वेस्ट मिट्स इस्ट स्क्रिनप्ले ल्याब'मा किरण पोखरेलको पटकथा छनोटमा परेको छ । ल्याबले छनोट गरेका ११ वटा फिल्ममा पोखरेलको 'पुतलीको सपना' शीर्षकको फिचर प्रोजेक्ट पनि छनोटमा परेको हो । 

भाद्र ८, २०७८

कंगनाको 'थलाइवी' सेप्टेम्बर १० देखि हलमा

बलिउड अभिनेत्री कंगना रनावतले आफ्नो नयाँ फिल्मको प्रदर्शन मिति तय गरेकी छन् । महामारीका कारण प्रदर्शन रोकिएको फिल्म 'थलाइवी' आगामी सेम्टेम्बर १० देखि हलहरूमा आउने भएको हो ।  

भाद्र ७, २०७८

अक्षयको 'बेलबटम'ले 'रुही'लाई उछिन्यो

अभिनेता अक्षय कुमारको फिल्म 'बेलबटम'ले प्रदर्शनको चौथो दिनमा १२.६५ करोड भारु कमाएको छ । कोभिड महामारीपछि पहिलो पटक हलमा प्रदर्शनमा आएको फिल्मले आइतबार मात्रै ४.३० करोड रकम आम्दानी गरेको द हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।  

भाद्र ४, २०७८

म्युजिक भिडियो निर्देशक समाज गठन 

म्युजिक भिडियो निर्देशकहरुको छाता संगठन 'नेपाल म्युजिक भिडियो निर्देशक समाज' गठन गरिएको छ । म्युजिक भिडियोको क्षेत्रलाई व्यावसायिक, मर्यादित र व्यवस्थित बनाउन संस्था स्थापना गरिएको बताइएको छ । 

भाद्र ३, २०७८

लैंगिक समानताबारे लघु-चलचित्र प्रतियोगिता हुने

लैंगिक समानताबारे लघु चलचित्र प्रतियोगिता हुने भएको छ । नेपालस्थित युरोपियन युनियनको डेलिगेसनले नेपाल-युनियन चलचित्र महोत्सव(नियुफ) २०२१ को आयोजना गर्दै प्रतियोगिता गराउने भएको हो । युरोपियन युनियनले दसौं संस्करणको नियुफको सहायक कार्यक्रमको रुपमा यो प्रतियोगिताको घोषणा गरेको हो ।

भाद्र १, २०७८

दीपकराज गिरी भन्छन्– ‘हाम्रो हलले नेपाली निर्माताको मर्म बुझ्नेछ’

महामारीबीच नेपालका करिब २२ वटा हल सदाका लागि बन्द भए । लामो इतिहास बोकेको जय नेपाल, कुमारीसमेत बन्द भयो । कोरोना महामारीले हलको ढोका बन्द गराएको झन्डै डेढ वर्ष भइसक्यो । अझै हलहरु खुल्न सकेका छैनन् । महामारीबीच नै केही समय हल त खुले तर औंलामा गन्न सकिने दर्शकको उपस्थितिमा । खुलेको केही समयमै हलमा फेरि ताला झुन्डियो ।

श्रावण ३२, २०७८

पवनदीप बने 'इन्डियन आइडल १२' को विजेता

पवनदीप राजन भारतीय सांगीतिक रियालिटी शो 'इन्डियन आइडल १२' को विजेता बनेका छन् । शीर्ष पाँचलाई पछाडि पार्दै उत्तराखण्डका गायक पवन आइडलको विजेता बनेका हुन् ।

श्रावण २९, २०७८

भारतमा महामारीले रोकिएका फिल्म प्रदर्शनको तयारीमा

कोरोना महामारीले लामो समय बन्द भएका हल खुल्न थालेसँगै भारतमा ठूला स्टारका फिल्महरू प्रदर्शनको तयारीमा छन् । संक्रमण दर घटेसँगै गत जुलाई अन्तिमदेखि भारतका हल खुल्न थालेका हुन् । 

श्रावण २६, २०७८

फरहानको नयाँ फिल्ममा प्रियंका, कट्रिना र आलिया एकसाथ देखिने

बलिउड अभिनेत्री प्रियंका चोपडा जोनस, कट्रिना कैफ र आलिया भट्ट एकसाथ पर्दामा देखिने भएका छन् । फरहान अख्तरको नयाँ फिल्म 'जिले जरा' मा यी तीन अभिनेत्री एउटै पर्दामा देखिने भएका हुन् ।

श्रावण २४, २०७८

किरण गजमेर बने भ्वाइस अफ नेपाल सिजन-३ को विजेता

किरण गजमेर भ्वाइस अफ नेपाल सिजन-३ को विजेता बनेका छन् । शनिबार राति सम्पन्‍न ग्रान्ड फिनालेमा प्रतिस्पर्धीहरु ज्वाला राई, आर्यन तामाङ र तारा श्रीष मगरलाई पछि पार्दै गजमेर विजेता बन्न सफल भएका हुन् ।