सत्यजीत रेका नजरमा दिलीप कुमार सर्वश्रेष्ठ 'मेथड अभिनेता'- मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सत्यजीत रेका नजरमा दिलीप कुमार सर्वश्रेष्ठ 'मेथड अभिनेता'

कान्तिपुर संवाददाता

काठमाडौँ — बलिउडका प्रसिद्ध अभिनेता दिलीप कुमारको ९८ वर्षको उमेरमा निधन भएको छ । बुधबार बिहान मुम्बईको एउटा अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनको निधनलाई बलिउडमा ठूलो क्षतिका रुपमा लिएको छ ।

दिलीप कुमार

अभिनेता अमिताभ बच्चनले भारतीय फिल्मको इतिहास उनको प्रवेशअघि र पछिको कुराबिना अधुरो हुने उल्लेख गरेका छन् । 'आज एउटा संस्था ढलेको छ । जब-जब भारतीय फिल्म क्षेत्रको इतिहास लेखिनेछ तब 'दिलीपभन्दा अघि' र 'दिलीपपछि'का कुरा समेटिनुपर्छ,' अमिताभले ट्विटरमा लेखेका छन् ।

दिलीप कुमारको अभिनय क्षमताको प्रसंशा गर्दै निर्देशक सत्यजीत रेले सर्वश्रेष्ठ 'मेथड अभिनेता' को संज्ञा दिएका थिए । चरित्र निर्माणका लागि उनको लगनशीलता हेरेर रेले दिलीपको प्रसंशा गरेका हुन् ।

६ दशकको फिल्म करिअरमा दिलीपले ६३ फिल्ममा काम गरे । फिल्म 'कोहिनुर'को एक गीतमा सितार बजाउने भूमिका पाए । उनले उक्त भूमिकाका लागि वर्षौंसम्म उस्ताद अब्दुल हलीम जाफर खानसँग सितार बजाउन सिके । 'सितार कसरी समात्ने भन्ने सिक्न मैले वर्षौंसम्म सितार बजाउने तालिम लिए । सितारका तारहरुले मेरो औंलामा घाउसमेत बनाएको थियो,' उनले बीबीसँगको अन्तर्वार्तामा भनेका थिए । 'नयाँ दौर' मा भूमिका निर्वाह गर्नका लागि टाँगा चलाउनेहरुसँग तालिमसमेत लिएका थिए । त्यसैले सत्यजीतले उनलाई मेथड अभिनेता सम्बोधन गरेको कुरा बीबीसीले उल्लेख गरेको छ ।

'गंगा जमुना' र 'मुगले आजम'को अभिनयले उनलाई दर्शकबीच चर्चामा ल्याएको हो । सन् १९४४ मा आफ्नो फिल्मी करिअर सुरुवात गर्दा उनमा पारसी थिएटरको प्रभाव देखिन्थ्यो । कथाकार सलीम भन्छन्,'दिलीप कुमारले पहिला आफ्नो सूक्ष्म अभिनयलाई केलाएर पर्दामा उतारे । उदाहरणका लागि त्यतिकै स्थिर बस्ने र मौन बस्ने भूमिकाले दर्शकमा गज्जब प्रभाव छोडेको थियो ।'

फिल्म प्रोडक्सन हाउस बम्बई टाँकिजकी देविका रानीसँग भेट नभएको सायद उनी फिल्म क्षेत्रमा यसरी चम्कने थिएनन् । ४० को दशको ब्रान्ड नाम थिइन् देविका । उनैले फल व्यापारीका छोरा युसुफ खानलाई दिलीप कुमार बनाएकी थिइन् । फिल्मको सुटिङ हेर्न पुगेका दिलीपलाई देविकाले सोधेकी थिइन्,'के तिमी उर्दू जान्दछौ, के तिमी अभिनेता बन्न चाहन्छौ?'

रहेनन् बलिउडका दिग्गज अभिनेता दिलीप कुमार


यी दुईको त्यही भेटले नै दिलीपलाई बलिउडको स्टार बनायो । देविकाले सन् १९४३ मा १२ सय ५० रुपैयाँ पारिश्रमिक दिएर दीलिपलाई बम्बई टाँकिजमा आबद्ध गराए । त्यसपछि उनी बम्बई टाँकिजको स्टार अभिनेता बने । देविकाले नै उनलाई नयाँ नाम राख्न सुझाएकी थिइन् । देविकाले रोमान्टिक हिरोमा युसुफ नाम नबिक्ने बताएपछि कवि नरेन्द्र शर्माले उनलाई तीन नाम सुझाए, 'जहांगीर, वासुदेव र दिलीप कुमार ।' त्यसपछि उनले दिलीप कुमार नाम चुने ।

दिलीपले धेरै अभिनेत्रीसँग फिल्ममा रोमान्टिक जोडी बनेर काम गरे । कति अभिनेत्रीसँग नजिकिए तर ती सम्बन्ध विवाहसम्म पुगेन । सायद ती सम्बन्धहरुको बिछोडको अनुभवले नै उनलाई फिल्ममा उस्तै किसिमका भूमिका निभाउन प्रेरित गर्‍यो अनि उनी ट्रेजेडी किंगका रुपमा चिनिए ।

उनी आफ्नो भूमिकामा यसरी डुब्थे कि उनलाई त्यसबाट बाहिर आउन निकै समय लाग्थ्यो । फिल्ममा मृत्यु भएको भूमिका निभाउँदा एकपटक उनी डिप्रेसनको सिकार भएका थिए । 'यस्तो पनि समय थियो म मरेको दृश्यहरु गर्दा गर्दै डिप्रेसनको सिकार भएको थिएँ । डिप्रेसनको उपचार पनि गराएँ । डाक्टरले मलाई ट्रेजेडी फिल्म छोडेर कमेडीमा अभिनय गर्न सल्लाह दिए ।' डिप्रेसनको उपचार गराइसकेपछि उनले 'कोहिनुर', 'आजाद' र 'राम और श्याम'मा कमेडी मिसाएका थिए ।

-बीबीसी हिन्दीबाट

प्रकाशित : असार २३, २०७८ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्

पर्वत बाढी : मोदीखोलामा देखियो गाडी, बेपत्ताहरूको खोजी जारी [अपडेट]

अगन्धर तिवारी

पर्वत — कुस्मा नगरपालिका–८ दोबिल्लाको सुन्दरे खोलामा मंगलबार राति पहिरोपछि आएको बाढीले बगाएको गाडी फेला परेको छ । गाडीसँगै बेपत्ता भएकाहरूको अवस्था भने अझै अज्ञात छ । 

घटनास्थलदेखि करिब ७०० मिटर तल मोदीखोलामा डुबेको अवस्थामा बुधबार दिउँसो गाडी भेटिएको हो । प्रदेश ३–०१–०२३–३६४२ नम्बरको हाइलक्स गाडी उर्लिएको मोदीखोलाको दोबिल्लातर्फको भागमा थोरै मात्र देखिएको छ । बागलुङस्थित विपत् व्यवस्थापन गुल्मको टोलीले गाडी बाहिर निकाल्ने प्रयास गरिरहेको छ । ‘गाडीको केही भाग देखिएपछि डोरी लगाएर पुलीले तान्ने प्रयास भइरहेको छ,’ पर्वत प्रहरी प्रमुख डीएसपी शिवराज बुढाथोकीले भने, ‘ठूलो ढुंगामा अड्किएकाले निकाल्न कठिन भइरहेको छ ।’

सुन्दरे खोलामा अस्थायी टहरो बनाएर व्यवसाय गर्दै आएका विश्व श्रेष्ठका अनुसार बेपत्ता हुनेमा मध्यपहाडी लोकमार्गको पर्वतखण्ड निर्माण कम्पनी लामा कन्स्ट्रक्सनका मुख्य इन्जिनियर राजाराम आचार्य र गाडी चालकलगायत छन् । ‘राजाराम सर र उहाँको ड्राइभर मेरोमा बसेर केही खाजा खाँदै हुनुहुन्थ्यो,’ श्रेष्ठले भने, ‘पानी ठूलो परेको थियो । माथिबाट खोलाको ठुल्ठूलो आवाज आयो । सरले हामीलाई यहाँ बस्न खतरा छ । तपाईं भाग्नुस्, हामी पनि गइहाल्छौं भन्नुभयो । उहाँहरू गाडी चढ्नुभयो । हामी हाइवेतिर भाग्यौं । भाग्दाभाग्दै गाडी बगेको देख्यौं ।’ गाडीमा कति जना थिए भन्ने यकिन नभएको उनले बताए ।

श्रेष्ठका अनुसार घटना राति साढे १० बजेतिरको हो । बेपत्ता हुनेमा इन्जिनियर आचार्यसहित चालक इन्द्र थारू र अन्य एक जना रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाडीमा उनीहरूबाहेक थप व्यक्ति रहे/नरहेको यकिन भइसकेको छैन । नेपाली सेनाको टोलीले पुलीको सहायताले गाडी निकाल्ने प्रयास गरिरहे पनि सफल नभएपछि बागलुङबाट नेपाल प्रहरीको तालिमप्राप्त टोली डाकिएको हो ।

राजमार्ग क्षतविक्षत

सुन्दरे खोलाको बाढीले मध्यपहाडी लोकमार्गअन्तर्गत दोबिल्लामा करिब ५० मिटर सडक क्षतविक्षत बनाएको छ । पहिरोसहित आएको बाढीले खोलामाथिको कल्भर्ट, ग्याभिन जाली र मेसिनरी वाल बगाउँदा सडक रातिदेखि नै अवरुद्ध छ । धौलागिरि र कास्की जोड्ने एक मात्र राजमार्ग अवरुद्ध भएपछि धौलागिरिबाट छुट्ने सवारीसाधन कुस्माको खरेहा र चुवा तथा अन्य जिल्लाबाट आउने गाडी परादीमा रोकिएका छन् ।

सुन्दरे खोलाको बहाव कम नभएको र भत्काउने क्रम नरोकिएकोले तत्काल राजमार्ग खुलाउन सम्भव नभएको प्रहरीले जनाएको छ । बाढीले खोला किनारमा टहरो बनाएर व्यवसाय गर्दै आएका चारवटा पसलसमेत बगाएको छ ।

पसलमा रहेका सामान, नगदलगायत केही पनि जोगाउन नसकिएको श्रेष्ठले बताए । ‘बाढीले रोकिएका मान्छे थिए । पानी परिरहेका कारण जागै भएकोले भागेर बाच्यौं । नत्र के हुन्थ्यो के ?,’ उनले भने । खोलाले बगाएर ल्याएका ठूल्ठूला ढुंगाले गर्दा दोबिल्ला–फलेबास सडक समेत अवरुद्ध छ ।

युनाइटेड मोदीमा क्षति, उत्पादन बन्द

बाढीले मोदीखोलामा सञ्चालित १० मेगावाट क्षमताको युनाइटेड मोदी हाइड्रोपावरमा समेत क्षति पुर्‍याएको छ । खोलाको बाँधदेखि पावरहाउससम्म पुग्ने नहरमा सुन्दरे खोलाको बाढीले क्षति पुर्‍याएपछि रातिदेखि नै उत्पादन रोकिएको हो । नहरमा बाढीसहित ठूल्ठूला ढुंगा पसेपछि राति नै पानी सुकाइएको त्यहाँ कार्यरत कर्मचारी भुवन अधिकारीले बताए ।

प्रकाशित : असार २३, २०७८ १२:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×