विद्या बालन र एकता कपुरसहित थप ३९५ जना एकेडेमीको सदस्य- मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्या बालन र एकता कपुरसहित थप ३९५ जना एकेडेमीको सदस्य

कान्तिपुर संवाददाता

काठमाडौँ — बलिउड अभिनेत्री विद्या बालन, निर्मात्री एकता कपुर र शोभा कपुरले अब विश्व प्रख्यात ओस्कारमा भोट गर्न पाउने भएका छन् । हालै 'द एकेडेमी मोसन पिक्चर आर्ट्स एण्ड साइन्स'ले संसारभरबाट चुनेका ३९५ सदस्यमा यी तीनलाई पनि समावेश गरेको हो । 

नयाँ सदस्यको सूचीमा ओस्कर विजेता फिल्म 'मिनारी' कलाकार यजङ उङ, प्रमिसिङ यङ वुमन निर्देशक एमेरेल्ड फिनाल, फ्लोरियन जेलरलगायत समावेश छन् । त्यस्तै अन्य कलाकारमा हेनरी गोल्डिङ, भेनेसा कर्बी, रोबर्ट प्याटिन्सन पनि समेटिएका छन् ।

गत वर्ष एकेडेमीले ८१९ जनालाई सदस्य बनाएको थियो । सबै सदस्यलाई सहयोग पुर्‍याउन यो संख्यालाई गत वर्षको भन्दा कम बनाइएको एकेडेमीको स्टेटमेन्टमा उल्लेख छ ।

पछिल्लो वर्ष आलिया भट्ट, ऋतिक रोशन, डकुमेन्ट्री फिल्ममेकर निस्था जेन, अमित मधेसिया, डिजाइनर नीता लुल्ला, कास्टिङ निर्देशक नन्दनी, भिजुअल इफेक्ट सुपरभाइजर विशाल आनन्द र सन्दीप कमललाई एकेडेमीले सदस्यका रुपमा आमन्त्रण गरेको थियो । यसअघि कलाकार प्रियंका चोपडा, दीपिका पादुकोण, इरफान खान, अमिताभ बच्चन, आमिर खान, ऐश्वर्या राय बच्चन, सलमान खान र निर्माता गौतम घोष र बुद्धदेव दासगुप्तालाई एकेडेमीले सदस्यमा समावेश गरेको थियो ।

२०२१ को सूचीमा ४६ प्रतिशत महिला तथा अमेरिकाबाहिरबाट ५३ प्रतिशत सदस्य रहेको एकेडेमीले जनाएको छ । यसपटक अमेरिकाबाहिरका ४९ मुलुकबाट सदस्य बनाइएको छ ।

हेर्नुहोस् ३९५ जना सदस्यको सूची

प्रकाशित : असार १८, २०७८ १३:३०
प्रतिक्रिया
पठाउनुहोस्

शिक्षक–विद्यार्थीलाई कोरोना खोप दिलाउन माग राखी धर्ना

वीरेन्द्र केसी

अर्घाखाँची — विभिन्न ३४ सूत्रीय माग राख्दै नेपाल शिक्षक महासंघको आयोजनामा गुल्मी १२ र अर्घाखाँचीका ६ स्थानीय तहमा शिक्षकले ३ घण्टा धर्ना दिएका छन् । आन्दोलनमा विभिन्न पेसागत संघसंगठनले ऐक्यबद्धता जनाएका छन् । 

संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, शिक्षक/विद्यार्थीलाई खोपको व्यवस्था गर्नुपर्नेलगायत माग उनीहरूले राखेका छन् ।

विद्यालयमा सयौंको संख्यामा विद्यार्थी र शिक्षक सहभागी हुँदा कोरोना संक्रमण फैलिने डर भएकाले स्कुल सञ्चालन गर्नुपूर्व कोभिडविरुद्धको खोप अनिवार्य लगाउनुपर्ने एकीकृत अखिल नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष मानबहादुर पाण्डेले बताए ।

उनीहरूले शिक्षकको बढुवा हुनुपर्ने, कर्मचारी तथा बालविकास सहयोगीको तलब वृद्धि गर्नुपर्ने, उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग पनि राखेका छन् ।

संघीय सरकारका अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा बालविकासका शिक्षक/सहयोगीको मासिक तलब १५ हजार रुपैयाँ पुर्‍याउने घोषणा गरेका थिए । तर तलबमा थप्नुपर्ने रकम नगरपालिका र गाउँपालिकाले बजेटमा विनियोजन गरेका छैनन् ।


प्रकाशित : असार १८, २०७८ १३:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×