कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नेपाल-अमेरिका अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा 'जुलुङ्गो' पुरस्कृत 

काठमाडौँ — राजेशप्रसाद खत्री निर्देशित जुलुङ्गो(स्केरक्रो)ले नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा लघु फिल्मतर्फको उत्कृष्ट जुरी अवार्ड जित्न सफल भएको छ । यही विधामा प्याट हेवुड र जेमिल मेगिनिसको 'ग्रामर्सी'ले अवार्ड पाउन सफल भयो । 

नेपाल-अमेरिका अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा 'जुलुङ्गो' पुरस्कृत 

आफूले गाउँमा नियाल्दै आएको कथालाई 'जुलुङ्गो'मा प्रस्तुत गरेको राजेशले बताए । 'फिल्ममेकरसँगै म एक गाउँमा पढाउने शिक्षक पनि हुँ । फिल्मको कथा र आइडिया मेरा यी परिस्थतिहरुबाट नै मैले लिएको हुँ । यी निर्दोष र प्यारा बालबालिकालाई पढाउँदा मैले उनीहरुबाट सिक्ने मौका पनि पाएको छु,' अवार्ड जितिसकेपछि उनले भने,'यो फिल्म मैले देखेको र बालबालिकाले भोगेको कथा हो । फिल्ममा मैले एक बालिकाको सपना र इच्छाका कुरा समेटेको छु । जुन सपनालाई उनले आफ्नो परिवारको लागि त्याग्छिन् ।'

त्यस्तै सोमबार सम्पन्न कार्यक्रममा रामदास कदावल्लुरको फिल्म 'मन्नु : स्प्राउट्स अफ एन्डुरेन्स'ले स्पेसल जुरी मेन्सन अवार्ड जित्यो । 'यो मौकाको लागि धन्यवाद । पक्कै पनि यो समय मानवता र प्रजातन्त्रको विषयमा बोल्ने समय हो । सायद मेरो फिल्मले त्यो बोलेको छ,' अवार्ड जितिसकेपछि कदवल्लुरले भने ।

त्यस्तै सोफिया अलावीको फिल्म 'सो ह्वाट इफ गोट्स डाइ'ले पनि स्पेसल जुरी मेन्सन अवार्ड प्राप्त गर्‍यो । त्यस्तै उत्कृष्ट एक्सपेरिमेन्टलको जुरी अवार्ड भने लोरी फेल्करको 'स्पोटेनस'ले प्राप्त गर्‍यो । त्यस्तै उत्कृष्ट फिचर फिल्मको जुरी अवार्ड 'आइएम सफोकेटिङ । दिस इज माइ लास्ट फिल्म अबाउट यु'ले जित्यो । जेरिमाया मोसेज निर्देशित यही फिल्मले महोत्सवमा ग्रान्ड जुरी अवार्ड प्राप्त गर्‍यो ।

महोत्सवमा नेपाल र अमेरिकालगायत विश्वका १४ देशका ३० फिल्म प्रदर्शन गरिएको थियो । महोत्सवको निर्णायकमा नेपालबाट रम्यता लिम्बु, अमेरिकाबाट सपना शाक्य, रिबेका बिसमान्ते, निना स्ट्रिच्क, रिता मेहर र पोर्सिया कोब थिए । 'नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म सोसाइटीका अध्यक्ष पूर्ण बराइलीले यो वर्ष कोरोना महामारीका कारण महोत्सव भर्चुअली आयोजना गरिएको बताए । महोत्सवमा फिल्मकर्मी अंकित पौडेल र युवाकर राजकर्णिकार पनि सहभागी थिए ।

प्रकाशित : असार ७, २०७८ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?