१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै

काठमाडौँ — अमेरिकाको म्यारिल्यान्डमा राज्यमा  अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव –२०२१' यही जुन १७–२० सम्म हुने भएको छ । यस पटक कोरोना महामारीका कारण महोत्सव भर्चुअल रुपमा गरिने आयोजकले जनाएको छ । 

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै

महोत्सवमा नेपाल र अमेरिकालगायत विश्वका १४ देशका ३० वटा चलचित्रहरु प्रदर्शन हुनेछन् । महोत्सवलाई स्मार्ट फोन,आइप्याड, कम्प्युटर, ल्यापटप र स्मार्ट टेलिभिजनमा इवेनटिभ एपमार्फत नि:शुल्क हेर्न सकिनेछ । प्रदर्शन भएका फिल्मबारे दर्शक र फिल्म निर्माता–निर्देशक तथा कलाकारसँग छलफल कार्यक्रम हुनेछ । महोत्सवको अन्तिम दिन प्रतिस्पर्धाका लागि छानिएका उत्कृष्ट फिल्महरुलाई पुरस्कृत पनि गरिनेछ ।

महोत्सवका ६ जना महिला निर्णायक मण्डलले उत्कृष्ट फिल्महरुको पुरस्कार घोषणा गर्नेछन् । महोत्सवको निर्णायकमा नेपालबाट रम्यता लिम्बु, अमेरिकाबाट सपना शाक्य, रिबेका बिसमानते, निना स्ट्रिच्क, रिता मेहर र पोर्सिया कोब रहेका छन्। महोत्सवमा आवेदन परेका फिल्महरुलाई फिल्म सोसाइटीको चलचित्र छनोट समितिले प्रदर्शनका लागि छनोट गरेको थियो।

कोरोना महामारीले गत वर्षको महोत्सव स्थगित भएता पनि साउथ एसियन फिल्म फेस्टिभलहरुको नेटवर्कमा कोसाफको आयोजना भएको थियो।

प्रकाशित : असार २, २०७८ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?