२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

चलचित्र उद्योगलाई निषेधाज्ञा अवधिको विद्युत डिमान्ड शुल्कमा छुट, 'स्टोरी बैंक'लाई कार्यन्वयनमा ल्याइने 

काठमाडौँ — सरकारले चलचित्र उद्योगलाई निषेधाज्ञा अवधिको विद्युत डिमान्ड शुल्कमा छुट दिने जनाएको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले फिल्म उद्योगले तिर्नुपर्ने इजाजत तथा नवीकरण दस्तुरमा छुट दिने बताएका हुन् । 

चलचित्र उद्योगलाई निषेधाज्ञा अवधिको विद्युत डिमान्ड शुल्कमा छुट, 'स्टोरी बैंक'लाई कार्यन्वयनमा ल्याइने 

'उत्पादनमुलक उद्योग होटल तथा चलचित्र उद्योगलाई निषेधाज्ञा अवधिको विद्युत डिमान्ड शुल्क छुट दिने व्यवस्था मिलाइनेछ । कोभिड १९ प्रभावित होटल, ट्राभल, यातायत र पर्यटन व्यवसाय सार्वजनिक यातायात, हवाई सेवा, चलचित्र उद्योग, हस्तकला उद्योग, संचारगृह र विज्ञापन सेवा, टेलरिङ, व्युटी पार्लर तथा हेल्थ क्लबजस्ता व्यवसायले आर्थिक वर्ष २०७८/७९ मा तिर्नुपर्ने इजाजत तथा नवीकरण दस्तुर छुट दिई स्वत: नवीकरण हुने व्यवस्था गरिनेछ,' मन्त्री पौडले बताए ।

बजेट भाषणमा फिल्म उद्योगका लागि 'स्टोरी बैंक'लाई कार्यन्वयनमा ल्याइने पनि घोषणा गरिएको छ । केही समयअगाडिदेखि चलचित्र विकास बोर्डले मौलिक फिल्मका कथालाई प्राथमिकतामा दिन 'स्टोरी बैंक' स्थापना गरेको थियो । यस्तै सबै प्रदेशमा फिल्म छायांकनस्थल निर्माण गरिने पनि जनाइएको छ । 'सबै प्रदेशमा फिल्म छायांकनस्थल निर्माण गरिनेछ । गणेश हिमाल क्षेत्रमा फिल्म छायांकन बनाउन सम्भावयता अध्ययन गरि निर्माण प्रारम्भ गरिनेछ,' बजेट भाषणमा अर्थमन्त्री पौडेलले भने ।

यस्तै बजेटमा काभ्रेको बनेपामा आधुनिक चलचित्र स्टुडियो निर्माण गरिने पनि घोषणा गरिएको छ । आर्थिक वर्ष २०७८/७९ को बजेटमा फिल्म क्षेत्रका उपकरणको भन्सारमा छुटलगायत करयोग्य आयमा १ प्रतिशत मात्र आयकर व्यवस्था गरि ती व्यवसायको नोक्सानी सार्न मिल्ने अवधि बढाएर १० वर्ष पुर्‍याइएको पनि उल्लेख छ ।

प्रकाशित : जेष्ठ १५, २०७८ २०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?