कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

'अ स्केरक्रो' लाई उत्कृष्ट लघु फिल्मको अवार्ड

'आमा खाण्डो' ले जित्यो नीफको 'राष्ट्रिय फिचर फिल्म'

काठमाडौँ — नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (नीफ)मा राजेशप्रसाद खत्रीको 'अ स्केरक्रो'ले उत्कृष्ट लघु फिल्मको अवार्ड जितेको छ । 'विश्वका कथाहरुको उत्सव’भन्ने सन्देशसहित भएको नीफको समापन कार्यक्रममा 'गड्स डटर डान्सेस'ले वाग्मतितर्फको उत्कृष्ट अन्तर्राष्ट्रिय लघु फिल्मको अवार्ड जित्यो । फिल्मलाई कोरियाली निर्देशक सङ्गबिन बुनले निर्देशन गरेका थिए । 

'अ स्केरक्रो' लाई उत्कृष्ट लघु फिल्मको अवार्ड

मञ्जुश्रीतर्फ उत्कृष्ट ऐनिमेसनको अवार्ड फिनल्यान्डका निर्देशक थोमस कुर्तागोले प्राप्त गर्दा गणेश पाण्डेको 'शिभिल सोल्डर्स' उत्कृष्ट वृत्तचित्र साबित भयो ।

स्वीजरल्यान्डका निर्देशक एड्रीनो जेका निर्देशित 'रिटर्न टु द लस्ट इडन'ले माउन्ट एभरेस्ट वृत्तचित्र अवार्ड प्राप्त गर्‍यो भने ढोन्डुप छिरिङको 'आमा खाण्डो'ले राष्ट्रिय फिचर फिल्मको अवार्ड जित्न सफल भयो ।

त्यस्तै गौतम बुद्ध अवार्डतर्फ भारतीय फिल्म 'डिस्नेरी'ले अवार्ड उचाल्दा छायांकन एवं महिला तथा पुरुषको अभिनयतर्फ 'लाटोकोसेरो' उत्कृष्ट घोषित भयो । फिचरतर्फको उत्कृष्ट पटकथाको अवार्ड भने 'सरिता टेल मि हु आइएम'ले जित्न सफल भयो ।

प्रकाशित : वैशाख २७, २०७८ २१:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?