कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

‘जुनुको जुत्तालाई’ अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौँ — ‘जुनुको जुत्ता (द सुज अफ अ लिटल गर्ल)ले रुसको फेस्टप्रो फिल्म फेस्टिभलमा उत्कृष्ट लघुचलचित्रको अवार्ड जितेको छ ।

‘जुनुको जुत्तालाई’ अन्तर्राष्ट्रिय अवार्ड

रुसकै ‘द फाइनल स्ट्यान्ड’ले बेस्ट फिचर फिल्म, चिलीको ‘द ब्वाय एन्ड द माउन्टेन’ले बेस्ट एनिमेटेड फिल्म, जर्मनीको ‘टेल्स अफ लाइट’ले बेस्ट चिल्ड्रेन्स फिल्मको अवार्ड पाउँदा नेपालको यस फिल्मले उत्कृष्ट सर्ट फिल्म घोषित भएको निर्देशक केदार श्रेष्ठले बताए ।

‘जुनुको जुत्ता’ चप्पल उल्टो लगाउने सानी नानीको कथा हो । यस फिल्मले गत मार्चमा अमेरिकाको वामकिड्स फिल्म फेस्टिभलमा पनि बेस्ट लाइभ एक्सन सर्ट फिल्मको अवार्ड लिएको थियो । त्यस्तै अप्रिलमा बुसान इन्टरनेसनल सर्ट फिल्म फेस्टिभलअन्तर्गत कोरियाको सिनेमा घरमा प्रदर्शन भएको थियो । फिल्मले गत वर्ष जर्मनीकै ६६ औं इन्टरनेसनल सर्ट फिल्म फेस्टिभल–ओवरहोउसेनमा अवार्ड लिएको थियो ।

फिल्मले अन्तर्राष्ट्रिय यात्राका क्रममा इटालीको फिल्म फेस्टिभल ‘कोर्टी अ पोन्टी’, सिंगारपुरको दशौं ‘सिंगापुर इन्टरनेसनल चिल्ड्रेन्स फिल्म फेस्टिभल’मा यही महिनामा प्रतिस्पर्धात्मक प्रदर्शन गर्ने श्रेष्ठले जानकारी दिए । उनका अनुसार फिल्मले जुनको पहिलो साता जर्मनीको अर्को प्रतिष्ठित फिल्म फेस्टिभल ‘सर्ट फिल्म फेस्टिभल–हमबर्ग’ मा पनि प्रतिस्पर्धा गर्दैछ ।

जुनु पात्रमा केन्द्रित रहेर अन्य चार सर्ट फिल्महरुको पनि तयारी भइरहेको छ । जुनुको फरक– फरक उमेरको कथा बोक्ने आगामी फिल्महरु हरेक दुई–दुई वर्षको अन्तरालमा छायांकन गर्ने निर्माण टिमको योजना छ ।

विभु पौडेल र सुशान्त श्रेष्ठ प्रोड्युसर रहेको फिल्मको सरुन मानन्धर सिनेमाटोग्राफर हुन् । विप्लपराज पोखरेलको सम्पादन, किशोर आचार्यको साउन्ड डिजाइन, रिकेन महर्जनको संगीत रहेको फिल्मको कार्यकारी निर्माता मधुसुदन रिमाल, सन्तोषी श्रेष्ठ र बद्री श्रेष्ठ हुन् ।

यशु श्रेष्ठको कथाबाट प्रभावित भएर लेखिएको फिल्ममा सोलुखुम्बुकी ५ वर्षीय हिस्सी लामा, याङ्जी लामा शेर्पा, पासाङ ल्हमू लामा, खड्ककुमारी शर्मालगायतको अभिनय छ ।

प्रकाशित : वैशाख २५, २०७८ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?