कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव भर्चुअल हुने 

काठमाडौँ — भौतिक रुपमै गर्ने भनिएको नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (नीफ) अब भर्चुअल्ली हुने भएको छ । नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानले वर्षेनी आयोजना गर्दै आईरहेको यो महोत्सव अब अनलाइनमा आयोजना गरिने महोत्सवका अध्यक्ष केपी पाठकले बताए ।

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव भर्चुअल हुने 

आयोजक महोत्सवलाई फागुनमा गर्ने तयारीमा थिए । तर, महामारीले गर्दा महोत्सव मिति वैशाख २३ देखि २७ लाई सारिएको थियो । सरकारले निषेधाज्ञा जारी गरेसँगै महोत्सवले अनलाइनको बाटो रोजेको हो । अब महोत्सवका गतिविधि अनलाइनमार्फत गर्ने र फिल्मको प्रदर्शन भने नेट टिभीबाट गरिने आयोजक बताउँछन् ।

'विश्वका कथाहरुको उत्सव' भन्ने नाराका साथ 'फिल्म संस्कृति'को विकास गर्ने उद्देश्यसहित सुरु भएको महोत्सवमा यो वर्ष महामारीका विषयमा बनेका फिल्मलाई अलग्गै क्याटगोरीमा प्रतिस्पर्धा गराइ अवार्ड दिने व्यवस्था गरिएको छ । यो विधाको विजेताले ५ सय अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्नेछन् । अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतम बुद्ध अवार्ड प्रदान गरिनेछ ।

यसैगरी, सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेष्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलर राशिको वाग्मती अवार्ड यथावत रुपमा प्रदान गरिनेछ । त्यसैगरी नेपाली प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख, उत्कृष्ट सर्ट फिल्मलाई ५० हजार र फिचर फिल्मतर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाँकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ । त्यस्तै 'इन्टरनेसनल फेडरेसन अफ फिल्म सोसाइटिज'को जुरीको तर्फबाट आईएफएफएस डन किहोते अवार्ड प्राप्त गर्नेछ ।

प्रकाशित : वैशाख १६, २०७८ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?