कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

कसले जित्ला ओस्कारको 'उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म' ?

काठमाडौँ — गत वर्ष ओस्कारले 'उत्कृष्ट विदेशी भाषाको फिल्म'को विधाको नाम परिवर्तन गर्‍यो । विधालाई नयाँ नाम दिइयो, 'उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म' । यो विधामा बोङ जो हु निर्देशित दक्षिण कोरियाली फिल्म 'प्यारासाइट'ले अवार्ड प्राप्त गर्‍यो । उत्कृष्ट फिल्मको ओस्कार अवार्ड जित्ने पहिलो गैरअंग्रेजी भाषी फिल्मको कीर्तिमान पनि यही फिल्मले कायम गर्‍यो ।

कसले जित्ला ओस्कारको 'उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म' ?

दर्शक र समीक्षकले रुचाएको यो फिल्मले विश्वभरबाट २ सय ५० मिलियन डलरको व्यापार गर्‍यो । अब भने एकेडेमीका सबै सदस्यले भोटिङ प्रक्रियामा सरिक हुन पाउने भएका छन् । यसअघि कुनै विशेष प्यानलले मात्र भोटिङ गर्न पाउँथे । यो विधाका दुई आधारभूत आवश्यकता उस्तै छन् । कुनै देशले एउटा मात्र फिल्म यो विधामा पठाउन पाउँछन् । अंग्रेजी भाषा न्यून प्रयोग भएको फिल्मले मात्र यो विधामा सहभागिता जनाउन पाउँछन् ।

गैरअंग्रेजी भाषाको फिल्मले ओस्कार जितेसँगै पछिल्लो समय यो विधाका फिल्ममेकरमा आस जागेको छ । यो वर्ष उत्कृष्ट अन्तर्राष्ट्रिय विधातर्फ पाँच फिल्म प्रतिस्पर्धामा छन् । डेनमार्कको 'एनोदर राउन्ड'लाई यो विधाको अवार्डको दाबेदार फिल्मको रुपमा चर्चा गरिँदै आएको छ । यो फिल्मले बाफ्टामा गैरअंग्रेजी भाषातर्फ उत्कष्ट फिल्मको अवार्ड पाएको थियो । थोमस भिन्टरवर्ग निर्देशिक फिल्ममा एक विद्यालयमा अध्यापन गराउने शिक्षक मार्टिनको कथा समेटिएको छ ।

हङकङको 'बेटर डेज' छोटो सूचनाको आधारमै बर्लिन फिल्म फेस्टिभलबाट निकालिएको थियो । चिनियाँ अधिकारीले फिल्मले देशको शिक्षण प्रणालीलाई गलत देखाइएको भन्दै मन पराएनन् । फिल्ममा विद्यालयमा हुने 'बुलिङ'ले एक पात्रको जीवन कष्टकर बन्छ भन्ने देखाइएको छ । रोमानियाको एउटा नाइटक्लबको आगलागीको कथा समेटिएको 'कलेक्टिभ' पनि यो विधाको प्रतिस्पर्धामा उत्रेको छ । यो अब्जरभेसनल डकुमेन्ट्री हो । यो विधामा डकुमेन्ट्री कम छन् । 'द म्यान हु सोल्ड हिज स्किन' र 'को वाडिस, आइडा' यो विधामा प्रतिस्पर्धाका लागि छन् । 'को वाडिस, आइडा' बाफ्टाको उत्कृष्ट निर्देशक र उत्कृष्ट फिल्मको विधामा मनोनयनमा परेको थियो ।

प्रकाशित : वैशाख ८, २०७८ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?