दिवेशले फेरि अमेरिकन आइडलमा निर्णायकको मन जिते

काठमाडौँ — नेपाली गायक दिवेश पोखरेल(अर्थर गन)ले फेरि अमेरिकन आइडलमा निर्णायकको मन जित्न सफल भएका छन् । अप्रिल १९ मा प्रसारण भएको आइडलको कमब्याक प्रस्तुतिबाट उनले फेरि आइडलका तीन निर्णायकको मन जित्न सफल भएका हुन् ।

दिवेशले फेरि अमेरिकन आइडलमा निर्णायकको मन जिते

सोमबार प्रसारण भएको कार्यक्रममा दिवेशले आइरिसको 'गु गु डल्स'बोलको गीत गाएका थिए । यसअघिको १८ औं सिजनको सुरुवातदेखि उनले आफ्नो प्रस्तुतिबाट निर्णायकदेखि दर्शकको मन जितेका थिए ।

उनको कमब्याक प्रस्तुति सुनेपछि निर्णायक लायोनल रिचीले दिवेश स्टाइलिस रहेको भन्दै उनको प्रशंसा गरे । 'आजको तिम्रो प्रस्तुति निकै राम्रो थियो । तिमी जस्तो गीत गाए पनि त्यसमा इमान्दार हुन्छौ । म मानिसहरुलाई सधैं भन्ने गर्छु कि जुनसुकै गीत गाए पनि के तिमी स्टाइलिस बन्न सक्छौ ?, निश्चय नै तिमी स्टाइलिस छौ' निर्णायक रिचीले भने ।

केटी पेरीले दिवेशको फ्यान ग्रुपको चर्चा गरिन् । 'धेरै पटक मैले तिमीलाई ट्विटरको ट्रेन्डिङमा देखेको छु । तिम्रा धेरै फ्यान ग्रुप छन् । उनीहरुले तिमीलाई भोट दिन जरुरी छ,'उनले भनिन् । त्यस्तै निर्णायक लुकले दिवेशको प्रशंसा गर्दै भने,'तिम्रो आवाज फेरि यो स्टेजमा सुन्न पाएँ । म प्रार्थना गर्छु यो जिन्दगीले संगीतमा तिमीलाई चाहने सबै पुराओस् ।

आइडलले गत वर्षका १० गायक/गायिकालाई प्रतिस्पर्धाका लागि निम्तो दिएसँगै दिवेश आइडलको स्टेजमा फर्केका हुन् । कमब्याक प्रतिस्पर्धीमध्ये बढी भोट पाउनेले आइडलको शीर्ष २० मा सोझै प्रवेश पाउने बताइएको छ । के दिवेशले शीर्ष २० मा प्रवेश पाउलान् ? भोटिङको नतिजा बाहिर आएपछि नै थाहा हुनेछ ।

प्रकाशित : वैशाख ७, २०७८ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?