१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

हेमबहादुर लामालाई दीर्घकालीन सम्मान

काठमाडौँ — निर्देशक/निर्माता हेमबहादुर लामालाई नेपाल चलचित्र निर्देशक समाजले दीर्घकालीन सम्मान प्रदान गरेको छ । समाजको १३ औं साधारण सभामा लामासँगै अन्य निर्देशकलाई पनि सम्मान गरिएको हो ।

हेमबहादुर लामालाई दीर्घकालीन सम्मान

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको आतिथ्यमा निर्देशक युवराज लामा, रमेश बुढाथोकी, प्रकाश सायमी र नारायण पूरीलाई सर्जक सम्मान गरियो । त्यस्तै युवा सम्मानमार्फत निर्देशक ऋषि लामिछाने, दीपाश्री निरौला, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाललाई सम्मान प्रदान गरिएको थियो ।

दीर्घकालीन सम्मान पाएका हेमले प्राइभेट सेक्टरबाट फिल्म बन्न थालेपछि 'आदर्श नारी' निर्देशन गरेका थिए । 'जुनी', 'कान्छी' पछि बनेको यस फिल्मले धेरै कलाकार र गायक गायिकालाई त्यो बेला ब्रेक दिएको थियो । अभिनेत्री सन्नी रौनियार, हन्नी रौनियार, अंशुमाला शाही, कलाकार उज्ज्वल घिमिरे, मोहन निरौला, संगीतकार मदन परियारले यसै फिल्मबाट ब्रेक पाएका थिए । हेमकै निर्माणमा तयार भएको 'आदर्श नारी'मा लामा स्वयंकै कथा, पटकथा र संवाद थियो ।

बुबा हेमबहादुरले दीर्घकालीन सम्मान प्राप्त गर्दा कलाकार विजय लामा भावुक बने । 'चलचित्र जगतले हेम लामा को हो भनेर बिर्सिसकेको थियो । कहिल्यै पनि कुनै फिल्मको कार्यक्रममा उहाँलाई निमन्त्रणा आएको मलाई थाहा छैन,'लामाले भने,'मलाई ती कार्यक्रममा निमन्त्रणा आउँदा पनि म जाँदिन थिएँ । जसले मलाई विजय लामा बनाउनुभयो उहाँलाई नै त्यो ठाउँमा स्थान छैन भने म गएर के काम भन्ने लाग्थ्यो ।'

कार्यक्रममा समाजले अक्षयकोषको घोषणा गर्‍यो । आफूले अक्षयकोषमा सहयोग गर्न नपाएकोमा दुखी हुँदै नीरले फिल्मकर्मी अझै व्यवसायिक बन्न नसकेको बताए । '५३ वर्ष चलचित्र उद्योगमा व्यतित गरिसकेपछि यस्तो महान् कार्यमा सहभागिता जनाउनका लागि मसँग तपाईंहरुले दिनु भएको फ्रेम(सम्मान)बाहेक केही छैन,'उनले भने,'चलचित्रकर्मीहरुलाई त्यस्तो हैसियत प्राप्त हुन सकोस् जुन वातावरणमा ठूला-ठूला धनरासी कबुल गर्न सकुन् । दुर्भाग्यको कुरा त्यो समय यो अन्तरालमा मैले यो उद्योगमा अनुभुत गर्न पाइनँ ।'

फिल्म क्षेत्र अझै उद्योगको रुपमा स्थापना नभएको बताउँदै शाहले फिल्म बनाउन कुनै निश्चित वित्तिय संस्था आवश्यता रहेको बताए । 'फिल्म बनाउन चाहिने वित्तिय सहयोग नै हो । आजसम्म कुनै पनि यस्तो वित्तिय संस्था छैन जसले फिल्म बनाउनका लागि वित्तिय सहयोग गरोस्,'उनले भने ।

प्रकाशित : चैत्र २२, २०७७ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?