कोभिडबीच फिल्म निर्माणको संख्या घटे पनि बलिउडमा स्टार किडको डेब्यु भने रोकिएको छैन । अभिनेता सन्नी देओलका कान्छा छोरा राजवीर देओल पनि बलिउड डेब्यु गर्दैछन् । हालै राजश्री प्रोडक्सनसँग जोडिएका उनी प्रेमकथामा बन्दै गरेको फिल्म मार्फत पर्दामा देखिँदैछन् ।
अभिनेता प्रमोद अग्रहरिले हालै १० औं नेफ्टा अवार्डको 'उत्कृष्ट नेगिटिभ' विधामा सफल्ता चुमे । यसअघि कामना अवार्डमा 'कथा काठमाडौं' बाट 'उत्कृष्ट भिलेन'को अवार्ड पनि उनले नै पाएका थिए । एउटै फिल्मबाट दुईवटा अवार्डमा प्रमोद उत्कृष्ट 'भिलेन' ठहरिए ।
६६ औं फिल्मफेयर अवार्डमा दिवंगत अभिनेता इरफान खानले उत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गरेका छन् । उनले 'अंग्रेजी मिडियम'का लागि बलिउडको यो पुरस्कार पाएका हुन् । यो विधामा उनीसँगै अमिताभ बच्चन, अजय देवगन, आयुश्मान खुराना, राजकुमार राव र सुशान्तसिंह राजपुत मनोनित थिए ।
'संसारका लाखौं महिलाले झैं मैले पनि यौन दुर्व्यवहारको सामना गरेकी छु । मेरो गुरु प्रद्यूमन जाम्वालले धेरैपटक मेरो यौन शोषण गरे । तर म चुप बसें । त्यतिबेला मैले त्यही जानेकी थिएँ । अब हामी महिलाहरु मिलेर एकसाथ यौन दुर्व्यवहारविरुद्ध आवाज उठाउनुपर्छ । र यौन दुर्व्यवारलाई 'नो' भन्नुपर्छ ।'
अभिनेता सरोज खनाल र अभिनेत्री दीपाश्री निरौलाको फेसबुक ह्याक भएको छ । ठगी गर्ने उद्देश्यले फेसबुक ह्याक गरेको पत्ता लागेपछि दुवै जनाले बिहीबार साइबर ब्यूरोमा उजुरी दिएका छन् ।
कलाकारहरु अभिनय मात्र होइन व्यापारमा पनि सक्रिय छन् । जीवनयापनका लागि अभिनयमा मात्रै निर्भर हुन नसक्दा धेरै कलाकार व्यवसायमा जोडिने गरेका छन् । बलिउड अभिनेत्री प्रियंका चोपडाले पनि नयाँ व्यवसाय थालेकी छिन् । व्यवसायी मनिष गोयलसँग मिलेर प्रियंकाले न्यूयोर्कमा रेस्टुरेन्ट सुरु गरेकी छिन् ।
मंगलबार घोषित भारतको नेसनल फिल्म अवार्डबारे विभिन्न टिकाटिप्पणी सुरु भएका छन् । हुन त फिल्म लोकप्रिय माध्यम भएकाले र सबैले यसबारे निष्फिक्री टिप्पणी गर्ने भएकाले पनि फिल्म अवार्डहरुबारे धेरै टिप्पणी हुने गर्छन् ।
ठूला ब्यानरका हिन्दी फिल्मको प्रदर्शनसँगै नेपाली फिल्म हलमा दर्शकको चहलपहल बढेको छ । कोरोना महामारीले बन्द हल गत पुस १० देखि खुले पनि दर्शकको उपस्थिति खासै थिएन । सरकारको निर्देशनबिना नेपाल चलचित्र संघले हल खोल्ने स्वघोषणा गरेसँगै हलमा पूरानो नेपाली फिल्म प्रदर्शन गरिएका थिए । तर, यी फिल्मले दर्शकलाई हलसम्म तान्न सकेका थिएनन् ।
बलिउडका दुई सुपरस्टार अजय देवगन र शाहरुख खानबारे धेरै लामो समयदेखि लेखिँदै आएको छ- यी दुईको सम्बन्ध राम्रो छैन । झन्डै ३० वर्षअघि बलिउड प्रवेश गरेका शाहरुख र अजयका फिल्म एकैपटक प्रदर्शनमा आउँदा पनि उनीहरुबीच दुश्मनीका खबरहरु बेलाबेला उड्ने गरेका थिए । उनीहरुले एउटै फिल्ममा अभिनय गर्ने खबर पनि आउने र हराउने गरिरहेका थिए ।