कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

प्रियंका चोपडाले खोलिन् न्यूयोर्कमा रेस्टुरेन्ट

कलाकारहरु अभिनय मात्र होइन व्यापारमा पनि सक्रिय छन् । जीवनयापनका लागि अभिनयमा मात्रै निर्भर हुन नसक्दा धेरै कलाकार व्यवसायमा जोडिने गरेका छन् । ‍बलिउड अभिनेत्री प्रियंका चोपडाले पनि नयाँ व्यवसाय थालेकी छिन् । व्यवसायी मनिष गोयलसँग मिलेर प्रियंकाले न्यूयोर्कमा रेस्टुरेन्ट सुरु गरेकी छिन् ।

प्रियंका चोपडाले खोलिन् न्यूयोर्कमा रेस्टुरेन्ट

बिहीबारमात्रै चोपडाले 'सोना' नामको रेस्टुरेन्टकाे उद्घाटन गरिन् । भारतीय स्वादका परिकार पस्कने रेस्टुरेन्ट खुलेसँगै सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आउन थालेका छन् । 'सोना भारतीय स्वादको रेस्टुरेन्ट हो जुन स्वादसँगै म हुर्किएँ,' चोपडाले इन्स्टाग्राममा उल्लेख गरेकी छिन् ।

यतिखेर रेस्टुरेन्टको इन्टेरियर डिजाइनको पनि खुब तारिफ भइरहेको छ । रेस्टुरेन्टको नाम भने प्रियंकाकी पति निक जोनसले सुझाएका हुन् । 'हामी धेरै नामको सूची तयार पार्दै थियौं । त्यहीबेला जोनसले 'सोना' नाम जुराए,' गोयलले भोगलाई बताएका छन् ।

प्रकाशित : चैत्र १२, २०७७ १३:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?